Logo

एसईई परीक्षा सुरक्षित ढंगले सम्पन्न गर्नेछौं- गिरिराजमणि पोखरेल, शिक्षामन्त्री



काठमाडौं, ५ चैत्र । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । परीक्षा अत्यन्तै सुरक्षित रुपमा समपन्न गर्ने गरी काम भइसकेको उनको भनाई छ । कोरोना भाइरसको महामारी विश्वव्यापी भइरहँदा पनि सुरक्षा अपनाएर परीक्षा गर्न लागिएको बताए । मन्त्री पोखरेलसँग ऋषि धमलाले गरेको विशेष कुराकानीः
एसईई परीक्षामा कुनै समस्या छैन ?
पहिलो कुरा त यसलाई समस्या भन्ने विषयलाई लिनु नै हुँदैन । अहिले जसरी कोरोना भाइरसको महाविपत्तीमा हामीहरु छौं । यसलाई पहिलादेखि विश्व स्वास्थ्य संगठनले महाविपत्तिको रुपमा लिएको थियो । पछिल्लो समयलाई विश्व स्वास्थ्य संगठनले महाविपत्तिको रुपमा घोषणा गर्यो । चीनबाट शुरु भएको यो भाइरसको संक्रमण विश्वबाटै पैmलिँदै हाम्रो दक्षिणी छिमेकी मुलुक भारततिर पनि यसको संक्रमण फैलिँदै गएपछि जोखिम एकदमै बढ्दै गएको अवस्था छ । यो जोखिमलाई हेर्दै हामीले कक्षा ९ सम्मको परीक्षा आजसम्म सकौं भनेका थियौं । देशभरका झन्डै ७० लाख विद्यार्थीको परीक्षाको तयारी आजबाट सकिँदैछ । जसम्म एसईईको परीक्षाको कुरा जो भोलिबाट सुरु हुँदैछ यसलाई अत्यन्तै सचेतनापूर्वक सुरक्षित ढंगले सम्पन्न गर्नुछ । यसबाट समाजमा पैmलिएको जुन त्रास छ, त्यसलाई पनि निकाल्नुछ । अर्कोतर्पm सकेसम्म शैक्षिक सत्रलाई पनि अगाडि बढाउनुछ ।
विद्यार्थीदेखि अभिभावहरुको लामो समयदेखिको परीक्षाको तयारी छ, त्यसलाई कार्यान्वयन गर्नुछ । अहिलेको विषम परिस्थितिमा जोखिम, चुनौति, महाविपत्तिको बीचमा पनि सामना गरेर अगाडि जानुछ । त्यसैले यसलाई यो कोणबाट बुझिदिन अनुरोध गर्दछु ।
सबैपक्षबाट एसईईदेखि सबै परीक्षा बन्द गर्नुपर्छ भन्दाभन्दै तपाईंले किन वाध्य पार्नुभयो ?
संकटको बीचबाट पनि विद्यार्थीहरुले पढ्न लेख्न पाउने जुन अधिकार छ, त्यसलाई सुनिश्चित पार्न खोजेको बुझ्नुपर्छ । यस्तो विपतको बेलामा मूल रुपमा त जनस्वास्थ्य नै प्रमुख भएर आउँछ । शिक्षा अलि पछाडि पर्छ । यो महामारी जसरी छिमेकी मुलुकबाट शुरु भयो गएको तीन महिना अगाडिबाट अहिले अन्य मुलु्कमा पैmलिएको छ । यो मितिसम्म त्यसबाट हामीहरु बँचिराखेका छौं । यसबारेमा नेपालमा यसका असरहरु छन् पर्याप्त अध्ययन भएका छैनन् भन्ने । तर, अहिले मूलभूत रुपमा हाम्रोमा परिस्थिति सुखद् नै छ । यसको ठीक ढंगले सचेतना गर्न उपप्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्थतीय समिति बनाइएको छ । र, मुख्य सचिवको संयोजकत्वमा एक्सन टोली पनि बनेको छ । यी मार्पmत हरेक दिन हामी परिस्थितिको जानकारी लिइरहेका छौं । अहिलेसम्म नेपालमा त्यसको प्रभाव नपरेको र उच्च सतर्कतासाथ नियमन र अनुगमन भइराखेको छ । पहिलो यसलाई देशभित्र आउन नदिनु, दोस्रो यो एकदमै कडाखालको भाइरस भएकाले यसका बारेमा जनचेतनाको जरुरी छ । तेस्रो कहीं संक्रमण भइहाल्यो भने आइसुलेसनमा बस्ने र गम्भीर अवस्था भएछ भने आईसीयुमा राख्नको लागि पनि व्यवस्थाहरु गरिएका छन् ।
शैक्षिक वर्षको अन्त्य–अन्त्यतिर यसको समस्या आइसकेपछि हामीले सरोकारवालाहरुसँग पनि छलफल ग¥यौं । यो एसईईको परीक्षा पछि केही समयको लागि स्कुलहरु बन्द गरौं । अहिले मौसम परिवर्तनको समय छ । त्यसबाट सामान्य रुघा, खोकी, ज्वरो आउने गर्दछन् । त्यसलाई संक्रमणको रुपमा हो कि होइन ध्यान पनि दियौं भनेर खासगरी भीडाभाडबाट जोगाउनको लागि पनि त्यो निर्णय गरेका छौं । अनि माक्स लगाउनुपर्ने, हात धुनुपर्ने, भीडभाडमा आपूmलाई नलैजानुपर्ने कोणबाट पनि सचेत गराउँदै लगेका छौं । अर्कोतर्पm ज्वरो १०४ भन्दामाथि छ, स्वासप्रस्वासमा समस्या छ, रुगा, खोकी बढिराखेको छ, अन्य संक्रमित मुलुकबाट आएका मानिसालई भने सुरुदेखि आसुलेसनबाट बस्न अनुरोध पनि ग¥यौं । यो एसईई परीक्षामा ५ लाख हाराहारी विद्यार्थी सामेल हुनेछन् । देशभरि १९९५ परीक्षा केन्द्र तोकिएका छन् । यो परीक्षा सकिएपछि केही समय स्कुलहरु बन्द गर्ने निर्णय गरेका छौं । त्यसले भीडभाड पनि कम हुन्छ । यो सबैलाई विद्यार्थी, अभिभावक, शिक्षाले बुझे भने घर–घरमा यसको जानकारी हुन्छ ।
अभिभावक र विद्यार्थी त त्रसित छन्, परीक्षा केन्द्र कसरी सुरक्षित गर्नुहुन्छ ?
अभिभावक विद्यार्थीहरुमा दुईवटै तर्कहरु छन् । कतिपय अभिभावक विद्यार्र्थीहरुमा लामो समय तयारी गरिएकाले परीक्षा समयमै हुनुपर्छ भन्ने र परीक्षाभन्दा स्वास्थ्य ठूलो हो त्यसैले परीक्षा केही समय पछि सानुपर्छ भन्नेहरु पनि त्यत्तिकै छन् । यो विपत्तिले अर्को चरणको रुपम लियो भने हाम्रा गतिविधिलाई अर्कोतिर मोड्नु्पर्ने हुन सक्छ । त्यसमा स्कुल र कलेजहरुको मात्रै कुराहरु छैनन् । अन्य भीडभाड, मन्दिर, चर्च, अफिस सभा सम्मेलन, बैठकहरु सबैतिर सोच्नुपर्ने हुन्छ । परिस्थितिको ठीक ढंगले मुल्यांकन गर्दै परीक्षा पनि गराउँ र सचेतनालाई पनि तीब्रतातिर लैजाऊ भन्ने छ । एसइइको परीक्षामा विगतको भन्दा फरक त्यहाँ स्वास्थयका डेक्सहरु हुन्छन् । कुनै विद्यार्थीलाई अप्ठ्यारो महसुस भएको खण्डमा उहाँहरुले स्वास्थ्यकर्मीसँग सम्पर्क गर्नुपर्ने हुन्छ । त्यस्ता विद्यार्थीहरुका लागि छुट्टै कोठाको व्यवस्था गरेर जाँच दिलाउनुपर्ने छ । परीक्षा केन्द्रमा स्थानीय अभिभावकहरुले भीडभाड नगर्नको लागि स्थानीय सरकार र सुरक्षाकर्मीले भूमिका निर्वाह गर्र्नूपर्छ । जसरी सरकारले सूचना सर्कुलर गरेको छ सचेतनाको लागि त्यसको सबैले पालना गर्नुपर्छ ।
कोरोना परीक्षण गर्ने साधन नै छैन भन्ने छ नि के भन्नुहुन्छ ?
अहिलेसम्म संक्रमित भएका मुलुकहरुको आँकडा हेर्दा त हामी धेरै पछाडि छौं । त्यसमा दुई मतै छैन । तर, लगातार हाम्रो प्रणालीलाई कसरी परिवर्तन गर्ने भनेर लागि परेका छौं । यसको लागि आइसुलेसनका व्यवस्था गर्ने काम भएको छ । अर्को आईसीयुका बेडहरुको व्यवस्था गर्ने काम भइरहेको छ । यसका लागि हाम्रा ल्याबहरु पर्याप्त मात्रमा छैनन् । एउटा ल्याबबाट सबै कुरा गर्न सम्भव छैन । यसमा एसईंईको परीक्षासँग केन्द्रित भएर आतंकित भयभित हुनुहुँदैन । हामीसँग जे–जस्ता सुविधाहरु छन् त्यसैबाट परिस्थितिको सामना गर्ने कोसिस गर्नुपर्छ ।
निर्धक्क भएर एसईई दिन जाँदा हुन्छ समस्या छैन हो ?
समस्या, चुनौति, जोखिमहरु छन् । यी सबैका बीचबाट हामी सबैले परीक्षालाई सम्पन्न गरौं । परीक्षाको बीचमा कुनै समस्या आएछ भने उच्चस्तरीय समितिको बैठक बसेर निर्णय गरिने छ । मैले यो परीक्षाको सन्दर्भमा सबै सरोकारवालासँग छलफल गरेका छौं । यही समस्या, चुनौतिसँगै यसलाई सामना गर्न सबैलाई आग्रह गर्दछु । हाम्रो १७ गतेसम्म परीक्षा छ । त्यसमा ठूलो भीडभाडसहितको परीक्षा १४ गतेसम्म मात्रै हो । यो परीक्षा सकिएपछि हाम्रो शैक्षिक सत्र प्राभाविक हुँदैन । विश्वविद्यालय र सिटीईभीटिईबाट चलेका परीक्षाहरु पनि चलिरहेका छन् । कतिपय विद्यालयहरु बन्द भएका देशमा पनि परीक्षाहरु चलिराखेका छन् । फेरि हाम्रा प्रदेशैपिच्छे छुट्टाछुट्टै प्रश्न पत्र भएकाले प्रभावित ठाउँ छोडेर ती ठाउँमा परीक्षा सुचारु गर्न पनि सक्छौं ।
प्रश्नपत्र कति सुरक्षित हुन सक्छ ?
अहिले विपदको बेलामा हामी सबै सचेत नै छौं । शिक्षामा पुरानो ढंगको गतिविधि गरेर कुनै पनि काम लाग्ने खालको छैन । कतिपय राम्रा नराम्रा काम पनि हुँदारहेछन् । यस्तो बेलामा माक्स, ग्याँस लगाएर अरुलाई दुःख दिने गलत प्रवृत्ति पनि देखा पर्ने रहेछ । देखा पर्दैन भन्दिँन पहिलाको घटनालाई पनि मध्यनजर गरेर पूर्व तयारीहरु गरिएको छ ।
विद्यालय सहयोगी कार्यकर्ताले, हामीले अहोरात्र खटेर काम गरेका छौं हामीलाई तलब सुविधा छैन भन्नुहुन्छ नि ?
सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीहरुका लागि नीतिले पनि सम्बोधन गरेको छ । अहिलेलाई केन्द्रीय सरकारले ६ हजार मात्रै उपलब्ध गराएका छौं । स्थानीयले पनि त्यसमा मिलेर काम गर्ने भनेको छ । आउने बजेटको सन्दर्भमा यो विषयलाई उठाउने काम गर्दछौं । यो बारेमा कसरी श्रम ऐनअनुसार दिन सकिन्छ भनेर छलफलमा गएको छ । उहाँहरुको योगदानलाई प्रभावकारी बनाउन सकिन्छ भनेर हामी छलफलमा छौं ।
चीनले सहयोगको प्रस्ताव राखेको छ, त्यो लिन तयार हुनुहुन्छ ?
यसको बारेमा छलफलहरु लगारतार भइराखेका छन् । अहिले यो विपत्ति जसरी चीनबाट सुरु भयो त्यसलाई सामना पनि गरिरहेका छौं । सीमा क्षेत्रलाई पनि हामी व्यवस्थित गरेका छौं । यो भाइरस चीनबाट पैmलिएकाले कतिपयलाई चीनको सामान नै किन्नुहुँदैन भन्ने छ । त्यसलाई पनि मध्येनजर गर्नुपर्ने हुन्छ । त्यसैले आवश्यकतालाई हेरेर निर्णय गर्ने भनेर छलफलहरु भइरहेका छन् ।
प्रदेश नं. २ मा त नाम पनि राख्न सकिनेनन् नि ?
त्यहाँ दलहरु मिलेर साझा सहमित नभइकन हुन सक्दैन भन्ने एउटा सन्देश गएको छ । पहिलाको प्रस्तावमा दुईतिहाई पुग्न सकेन फेरि अहिले दलहरु मिलेर एउटा साझा सहमति गर्ने भनेर प्रस्ताव गरिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot