एजेन्सी, ५ चैत्र । विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरसका कारण सम्पूर्ण देशको कार्य विधि ठप्प भइरहेको अवस्था छ । कतिपय देशले भाइरसको संक्रमण बढ्न नदिन लक डाउन समेत घोषणा गरिसकेको छ । विश्वकै कार्य विधि ठप्प भएको अवस्थामा वाय् प्रदूषणमा निकै कमि आएको देखिन्छ । वायु प्रदूषण विश्वको विषय बनेको थियो ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस तत्काल विश्वभरी फैलिएको छ । सम्पूर्ण कार्यविधि ठप्प भएको कारण वायूमा निकै सुधार आएको जनाइएको छ । उपग्रहमार्फत चीनको निरीक्षण गर्दा वायुमा सुधार आएको जनाइएको छ । प्रदुषण फैलाउन नाइट्रोजन अक्साइडको अत्याधिक मात्रामा कमी आएको र ३० प्रतिशतले घटेको जानकारी नासाले दिएको छ ।
तत्काल कोरोनाको केन्द्रबिन्दू मानिएको इटलीमा सम्पूर्ण कार्यविधि ठप्प भएको छ । ठप्प हुँदा घातक ग्यास र अन्य हानिकारक तत्वहरुको मात्रा वायुमा न्युन भएको जनाइएको छ । तेल, ग्यास र डिजेललाई जलाउँदा निस्कने रासयान नाइट्रोजन अक्साइडले वायु प्रदुषण हुने गर्दछ । नाइट्रोजन अक्साइडले मानिसको छातीमा समस्या देखा पर्ने गर्दछ । जस्ले गर्दा मानिसमा अस्थमा जस्ता घातक रोग निम्तिने गर्दछ । नाइट्रोजन अक्साइडले मानिसको ह्दयमा समेत असर गर्नेगर्दछ । जसकारण ह्दयघात, स्ट्रोक रसार्थ न्यानसमेत जाने गर्दछ ।
इटली र अमेरिका जस्ता देशहरु आत्याधि व्यस्त हुने कारण वायु प्रदूषणको जोखिम पनि अत्त्याधिक थियो । भाइरसले उक्त समस्याबाट तत्काले छुट्कारा पाएको छ । सन् २००३ मा फैलिएको सार्स भाइरसकाले वायु प्रदुषण अत्याधिक रहेको क्षेत्रमा धेरै र कम प्रदुषण भएको क्षेत्रमा कम असर गरेको जनाइएको छ । अमेरिकाका ४३ प्रतिशत नागरिकहरु वायु प्रदुषण अत्याधिक रहेको क्षेमा बस्ने गर्दछ । अमेरिकामा वायु प्रदुषणका कारण गरिब मानिसहरु अत्याधिक मात्रामा मूतयु भोगी रहेका छ । उच्च वर्ग र तल्लो वर्गका मानिसबीचको आयु संभाव्यता १५ वर्षको रहेका छ ।
वायु संक्रमणको उच्च जोखिममा रहेको मानिसलाई कोरोना समेतले छिट्टै आक्रमण गर्ने विषय वातावरणीय रक्षा कोषमा मौसम र स्वास्थ्यका लागि वरिष्ठ निर्देशक एलिना क्राफ्टले जनाएकी छिन् । सिटेल, न्यू योर्क र हाउस्टन जस्ता ठूलो महानगरमा वायु प्रदुषण अत्याधिक रहेको छ ।