Logo

२५ जनाभन्दा बढी जम्मा हुन बन्देज, हलदेखि खेलस्थानसम्म बन्द



काठमाडौं, ५ चैत्र । सरकारले बढी मानिसको जमघट हुने सिनेमाहल देखि खेलस्थलसम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिमबाट बच्न २०७७ वैशाख १७ गतेसम्म लागू हुने गरी सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिस जमघट हुन नदिने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको सयोजकत्वमा गठिन कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले २५ जनाभन्दा बढी मानिसहरु भेला हुन बन्न गर्ने निर्णय गरेको हो । त्यसको अनुगमन गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने अनुगमन गर्ने निर्णय गरेको हो ।

सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम हेल्थ क्लब, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जनस्थल, डान्सबार तथा क्लब आदि बन्द गर्ने निर्णय गरेको समितिले जनाएको छ । यसगरी, सांस्कृतिक सामाजिक कार्यहरु पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक एवं सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिसहरुको भेला बन्द गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी, युरोप र पश्चिम एशियालगायत खाडी क्षेत्रका मुलुकहरुबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाई अन्य मुलुकबाट आउने सबै यात्रुहरुलाई शुक्रबार अर्थात् ७ चैत्र मध्यरातिबाट लागु हुने गरी १७ वैशाखसम्म आवागमन प्रतिबन्ध लगाउने समेत जनाएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्