गलगाँड के हो
थाइराइड ग्रन्थिको आकार बढ्नुलाई गलगाड भनिन्छ । थाइराइड एक पुतलीको आकारको ग्रन्थि हो, जुन गर्दनको भित्र ठिक कालरबोनको माथी हुन्छ । सामान्यतया यो समस्यामा दुखाई हँुदैन, तर थाइराइड ग्रन्थिको आकार बृद्धि भएमा खोकी र सास लिनमा समस्या हुने गर्छ ।
गलगाँडको लक्षण
गर्दन सुन्निनु सबैभन्दा पहिलो लक्षण हो । यसमा थाइराइड ग्रन्थिमा गाठो पनि बनी आकारमा सानो र ठुलो हुनसक्छ । थाइराइडमा गाठो बन्दा गर्दन सुनिएर धेरै ठुलो देखिन्छ ।
- निल्नमा कठिनाई
- सास लिनमा गाह्रो हुने
- गला बस्ने
- खोकी लाग्नु
- पाखुरा माथी लैजादा टाउको घुम्ने वा चक्कर आउँने जस्तो महसुस हुने
उपचार
गलगांड रोगको गम्भीरताको लक्षणको आधारमा डाक्टरहरुले उचित उपचार छान्ने गर्छन् । यसको साथै स्थिती हेरेर पनि उपचार गरिन्छ ।
औषधि
शल्यक्रिया
रेडिएएक्टिव आयोडिन