Logo

फाइवरको कमी



फाइवर एक प्रकारको कार्बोहाइड्रेट्स हो, जसलाई शरीरले पचाउँन सक्दैन । वर्तमान समयमा धेरै प्रकारको कार्बोहाइड्रेट सानो टुक्रामा सुगरको कारणबाट परिर्वतन हुँदै गएको छ । फाइबर सुगरमा परिर्वतन नभई नपचि शरीरबाट बाहिर निस्कन्छ । अन्य भोजनका तत्वले प्रोटिन वा कार्बोहाइड्रेट्सले हाम्रो शरीर तोडेर अवशोषित गरी उहि फाइबरलाई हाम्रो शरीरमा नत तोड्न सक्छ नत अवशोषित गर्न सक्छ । यो पेटको सानो र ठुलो आन्द्रामा नै गुजरिरहेको हुन्छ ।

आहारमा फाइबर कमीको लक्षण

कब्जीयतः यदि हप्तामा तीन पटक र त्यो भन्दा पनि थोरै दिशा आएमा वा दिशा सुख्खा र साह्रो आएमा तपाईलाई कब्जियत भएको हो ।

तौल बढ्नेः यदि लगातार फाइबर कम भएको खाद्य पद्वार्थ खाएमा तपाइृको तौल बढ्ने खतरा धेरै हुन सक्छ । फाइबर पेट भर्नमा मद्दत गर्दछ र भोजनमा फाइबर कम भएमा तपाईको तौल बढ्ने गर्छ ।

रगत र सुगरमा परिर्वतन भइरहनुः यदि तपाईको डायबेटिज र रगत सुगरलाई नियन्त्रण राख्नमा दुख भएमा तपाईले आहारमा पर्याप्त मात्रामा फाइबर प्राप्त भएको छैन् ।

थकान ः यदि तपाईले धेरै क्यालोरी भएको खाद्य पद्वार्थ, प्रोटिन वा कार्बोहाइड्रेट्स, अन्डा वा पनीर भएमा तपाईलाई कोलस्ट्रोल मात्र बढ्दैन, थकान, कमजोरी र आलस्यता हुने जस्ता समस्या आउँछ ।

शरीरमा फाइबरको आवश्यकता पूर्ति गर्ने खानेकुरा

  • स्वच्छ उत्पादन भएको तरकारी
  • फलफुल
  • सागपात
  • केराउ, गेडागुडी
  • काजु, बदाम

भरपुरमात्रामा फाइबर प्राप्त हुने खाना

केराउ, नाशपाती, ब्राउन राइस, जौबाट बनेका चिज, अलसी, मक्का, भेडी, फुलगोभी, आलु, केरा, ब्रोकाउली, बदाम, सेब, अंजीर, प्याज आदी ।



प्रतिक्रिया दिनुहोस्