Logo

एकनाले भरुवा बन्दुक सहित बृद्ध पक्राउ



तनहुँ, ५ चैत । एकनाले भरुवा बन्दुक सहित मित्र बहादुर थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ब्यास नगरपालिका साझाभञ्याङ बस्ने ७० वर्षीय थापाको साथबाट एकनाले भरुवा बन्दुक, बारुद करिब ५० ग्राम र ३ वटा केप सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी सिशाघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot