Logo

चाँगुनारायण मन्दिरको विशेषता



चाँगुनारायण मन्दिरको निर्माण लिच्छवीकालिन राजा हरिदत्त बर्माले ईसा पुर्व ३२३ मा निर्माण भएको थियो । नेपालको प्रसिद्ध तिर्थस्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तम्भ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जील्लाको चाँगुनारायण गा.वि.स मा अवस्थित छ ।

ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रुपमा महत्वपुर्ण रहेको चाँगुनारायण मन्दिर भक्तपुर नगरबाट ्र६ कि.मी. उत्तरमा रहेको छ । उपत्यकामा रहेको सात विश्व सम्पदा सुची मध्ये चाँगुनारायाण् पनि एक हो । १९६९मा युनेस्कोले विश्व सम्पदा सुचीमा सुचीकृत गरेको हो ।

चाँगुनारायणलाई चम्पकनारायण, चाँगुनारायण र गरुडनारायण आदी नामले पनि चिनिन्छ । लिच्छवी कालमा यस मन्दिरको नाम डोलाशिखर स्वामी थियो । नेपाल भाषामा ‘चाँप’ लाई ‘च’ र ‘वन’ लाई ‘गुँ’ भनिन्छ । त्यहि चाँगुनारायण अपभ्रंस भएर चाँगुनारायण हुन गएको हो ।

यस मन्दिरको निर्माण लिच्छविकालमा राजा हरिदत्त बर्माले गरेका भएतापनि अर्का राजाले मानदेवको बि.स. ५२१ म चाँगुनारायण मन्दिरको गरुडको मुर्ति स्थापना गराई लगाएका थिए । राजा मानदेवले चाँगुनारायण मन्दिरमा आफ्नो र आफ्नो श्रीमतीको मुर्ति समेत प्रतिस्थापन गर्न लगाएका थिए ।

यो मन्दिर चातुष्कोण आकारको छ,मन्दिर दुई तलाको रहेको छ । तल्लो तलामा गरुडबाहन विष्णुको प्रस्तर मुर्ति रहेको छ । यो तल्लाको चार दिशामा चार ढोकाहरु रहेका छन् । प्रत्येक मुल ढोकाको दायाँ–बायाँ नखुल्ने ढोकाहरु बनाइएका छन् । पश्चिम पट्टीको ढोका प्राय खुला राखिन्छ । गंगा, यमुुना तथा अन्य देवीदेवताका मुर्तिहरु राखिएका छन् । ढोकाहरुको माथी धातुबाट बनेका तोरणहरुमा विभिन्न कलाकृतिहरु कँुदिएका छन् ।



प्रतिक्रिया दिनुहोस्