Logo

सेन्ट्रल पेन सिन्ड्रोम (सीपीएस)



यो रोग न्युरोलाजिकल वा नशासँग जोडिएको समस्या हो । केन्द्रिय तन्त्रमा केही नोक्सान नभएसम्म यो रोग लागेको कुने पत्तो नै हुँदैन । यसमा मस्तिष्क, मस्तिष्कको पछाडीको भाग(ब्रेन स्टेम) र मेरुदण्डको हड्डी शामिल भएको हुन्छ ।

रोग पत्ता लगाउँने बिषेश टेस्ट उपलब्ध नभएका कारण सीपीएसको उपचार गर्नू मुस्किल हनसक्छ । यो रोगको चपेटामा निम्न रोग भएका मानिसहरुलाई यो समस्या हुन्छ ।

  • स्ट्रोक
  • मल्टीपल स्क्लेरोसिस
  • पार्किन्सस रोग
  • ब्रेन ट्युमर
  • सर्जरीको माध्यमबाट अंग अंग फरक गर्ने
  • मस्तिष्कको चोट वा मेरुदण्डको हड्डी मा चोट भएका

यसका लक्षण

यस रोगको लक्षण हरेका व्यक्तिमा फरक फरक हुने गर्छ । यो लक्षण कुनै चाृेट र अन्य स्थितीको तुरुन्त देखिहाल्छ भने यो समस्या पुरै तरह विकसित हुनमा महिना वा वर्ष पनि लाग्न सक्छ ।

सीपीएस बाट ग्रस्त मानिसहरुले यी विभिन्न प्रकारका दुखाई महसुस गर्ने गर्छन् ।

  • सामान्य दुखाई
  • पोल्नुको साथै दुखाई
  • बेस्सरी दुखाई
  • महसुस नै नहुनु
  • कपडा बदल्ने समय, कम्बल ओढ्ने समय वा हावामो सम्र्पकमा आउँदा दुखाई बढ्ने सक्छ ।

कारण

  • मस्तिष्कबाट रगत निक्लने
  • धमनीको कुनै भाग कमजोर हुनाले
  • मेरुदण्डमा लागेको चोटले
  • मस्तिष्कको चोट
  • मिर्गी
  • मस्तिष्क वा मेरुदण्डको शल्यक्रिया

उपचार

सीपीएसको कुनै उपचार नै छैन, तर यसको बारेमा सोधखोज भइरहेको छ । डाक्टरहरुले यसलाई नियन्त्रण गर्नको लागि पेन किलर, एंटीडिप्रेसेट्स र मिर्गी औषधीले केही राहत प्रदान गर्न मद्दत गर्न सक्छ ।

  • एमिट्रिप्टीलिन
  • डुलोक्सेटीन
  • गबापेंटिन
  • कार्बमेजपाइन
  • टोपिरामेट

सेन्ट्रल पेन सिड्रोमको जोखिम ः सीपीएस एक दर्दनाक स्थिती हो । यसका कारण दैनिक गर्ने काम काजमा नै अफ्ठेरो हुन्छ । केही मानिसहरुमा भावनात्मक समस्यासहित अन्य जटिलता पनि हुन सक्छ । जस्तो तनाव, चिन्ता, थकान, निन्द्रामा आउने समस्या, व्यवहारमा आउँने परिर्वतन, रिसाउने, छुट्टै बस्ने र आत्महत्या गर्ने सोच आउने ।



प्रतिक्रिया दिनुहोस्