एजेन्सी, ५ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख कटेको छ । मर्नेको संख्या आठ हजार कटेको तथ्यांक सार्वजनिक भएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक उल्लेख गर्दै सीएनएनले दुई लाख संक्रमित भइसकेको जनाएको छ । सबैभन्दा बढी मर्ने र संक्रमित हुनेको सख्या चीनमा छ । तर, बाँकी विश्वले चीनलाई दुवै संख्यामा उछिनेको छ । चीनमा संक्रमित संख्या ८१ हजार कटेको छ । इटालीमा ३१ हजार, इरानमा १६ हजार, स्पेनमा १३ हजार, जर्मनीमा ९ हजार, दक्षिण कोरियामा ८ हजार, फ्रान्समा ७ हजार, अमेरिकामा छ हजार, स्वीटजरल्यान्डमा २७ सय, बेलायतमा दुई हजार पुगेका छन् ।
चीनमा तीन हजारको मृत्यु भइसकेको छ । इटालीमा २५ सय, इरानमा एक हजार, स्पेनमा पाँच सयको मृत्यु भएको छ । इटाली र इरानमा मर्नेको संख्या बढिरहेको छ । युरोपमा ठूलो संकट आएको छ । अमेरिकामा पनि संक्रमण बढिरहेको छ ।
सँसारमा धेरै मुलुकहरु लकडाउन गरिएका छन् । नेपालले पनि यात्रा बन्देज लगाएको छ । यात्रा बन्देज ५४ मुलुकमा लगाइएको हो ।