Logo

५५ देशबाट नेपाल आउन रोक



काठमाडौं, चैत ५ । सरकारले कोरोनाको संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध लगाएको छ । यो निर्णयअनुसार ५५ देशबाट नेपाल आउन रोक लगाईएको छ । बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको हो ।

यो व्यवस्था चैत ७ गतेदेखि बैशाख ३ सम्म कायम रहने छ । कोरोना भाइरस संक्रमणको जोखिम बढ्न नदिन सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय गरेको छ । Photo By: Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot