Logo

सभामुख–अध्यक्ष द्वन्द्व



काठमाडौं, ६ चैत । सभामुख अग्नि सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेनाबीच द्वन्द्व चर्केको छ। नेतृत्वको द्वन्द्वले संसदीय समितिका सभापतिसँगको बिहीबारको निर्धारित बैठक स्थगित भएको छ।

सापकोटा र तिमिल्सेना दुवै सत्तासीन नेकपाबाट निर्वाचित हुन्। पूर्वएमालेबाट तिमिल्सेना अध्यक्ष र पूर्वमाओवादी कोटाबाट सापकोटा सभामुख भएका हुन्। संसदीय कामकारबाही प्रभावकारी बनाउनेबारे सभामुख सापकोटाले बुधबार संसदीय समितिका सभापतिसँगको बैठक आयोजना गरेका थिए। तर राष्ट्रियसभा अध्यक्ष तिमिल्सेनाले बैठकमा आफू उपस्थित नहुने जनाउ सभामुख सापकोटालाई गराए। संसद्को कार्यवाहक महासचिव नियुक्तिमा सभामुखले एकलौटी निर्णय गरेको भन्दै अध्यक्ष तिमिल्सेनाले बैठक बहिष्कार गरेका हुन्।

अध्यक्ष तिमिल्सेना उपस्थित नहुने सूचना पाएपछि पूर्वएमाले सम्बद्ध समिति सभापतिले समेत सभामुखले बोलाएको बैठकमा नजाने जानकारी गराएका थिए। अध्यक्ष तिमिल्सेना र समिति सभापतिहरू नै अनुपस्थित हुने सूचनापछि सभामुख सापकोटाले बैठक स्थगित गरेका हुन्। (अन्नपूर्ण पोष्ट्बाट)



प्रतिक्रिया दिनुहोस्