काठमाडौं, चैत ६ । बजारमा मास्कको चर्को अभाव छ। कालोबजारी गर्नेहरूबाट प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरेको छ। तर जिल्ला प्रशासन र राजस्व विभागले ठोस निर्णय गर्न नसक्दा २१ लाख ८ हजार मास्क महानगरीय प्रहरी परिसरमै थन्किएको छ।
प्रहरीले जिल्ला प्रशासन, महान्यायाधिवक्ताको कार्यालय, राजस्व विभागलगायतलाई बरामद मास्कबारे लिखित रूपमै जानकारी गराएको छ। महान्यायाधिवक्ताको कार्यालयले छिटोछरितो र पारदर्शी ढंगले मास्क वितरण गर्न जिल्ला प्रशासनलाई लिखित आग्रह गरिसकेको आजको नागरिक दैनिकमा खवर छ ।