एजेन्सी, ६ चैत्र । रुस र मेक्सिकोमा कोरोना भाइरस संक्रमितको पहिलोपटक मृत्यु भएको छ । रुसमा ७९ वर्षीया संक्रमितको मृत्यु भएको हो ।
मस्कोमा मृत्यु भएकी महिला लामो समययता विरामी रहेको रुसी समाचार संस्था तासले जनाएको छ । उनमा संक्रमण भेटिएपछि आइसोलेशनमा राखिएको थियो ।
मेक्सिकोमा मधुमेहका विरामीमा संक्रमण भेटिएको थियो । त्यहाँको स्वास्थ्य मन्त्रालयले बुधबार मृत्युको पुष्टि गरेपनि कहाँ मृत्यु भएको हो खुलाएको छैन ।-Photo Source: TASS