Logo

‘कोरोनाबारे आतंकित नहोऔं, सचेतना अपनाऔं’ : डा. पुन



काठमाडौं, ६ चैत्र ।  सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरस नेपालमा आउने÷नआउने कुनै ग्यारेन्टी नभएको स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘रोग आउन पनि सक्छ, नआउन पनि सक्छ । यसबारे जनमानसमा झन बढी त्रास बढेको पाईएको छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालमा जाँचनै हुँदैन कि रोग नै छैन भन्ने प्रश्न धेरैमा भएको भन्दै स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने स्पष्ट पारेका छन् । उनले भने,‘आतंकित नहोऔं, सचेतना अपनाऔं ।’

पुनले हुलमुलमा नजान, कसैसित नजिक भएर कुरा नगर्न, साबुन पानीले हात धुँदा वैज्ञानिक आधारले धुन, संक्रमित भएमा घरको छुट्टै कोठामा बस्नपनि सुझाव दिए । पुनले यो महामारीबारे अशिक्षितलाई भन्दापनि शिक्षितलाई सम्झाउन गाह्रो भएको समेत गुनासो पोखे ।



प्रतिक्रिया दिनुहोस्