काठमाडौं, ६ चैत्र । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग पाँच दशकभन्दा लामो राजनीतिक अनुभव छ । उनी आजबाट ७० वर्ष पूरा गरी ७१ औं वर्ष प्रवेश गरेका छन् । खनालले जन्मदिनमा आफूले बाँकी जीवन देश र जनताप्रति समर्पित गर्ने बताएका छन् । कोरोना भाइरसको संक्रमणको जोखिमसँग जुध्न सामान ढुवानीबाहेक भारत र चीनसँगको सीमा बन्द हुने बताएका छन् । उनीसँग राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिबारे ऋषि धमलाले गरेको विशेष कुराकानीः
तपाईं कति वर्षमा प्रवेश गर्नुभयो ?
तपाईंलाई धेरै–धेरै धन्यवाद ‘म आज ७० पुरा गरी ७१ वर्षमा लागेँ । मेरो ७१ औं प्रवेशको अवसरमा कतिपयले फोनामा वधाइ दिनुभएको छ भने कतिपय धरमा नै आएर वधाइ तथा शुभकामना दिने कार्यक्रम बनाउनुभएको छ । तर, मैले उहाँहरुलाई कोरोनाको कारणले गर्दा ‘तपाईंहरु यहाँ नआउनुहोस्, सञ्चार माध्यमबाट शुभकामना र बधाइ दिनुहोस् भनेको छु ।
आफ्नो सबैजसो समय देश र जनताको लागि समर्पित गर्नुभयो, ७१ वर्ष लाग्दै गर्दा नेपाली जनतालाई के भननुहुन्छ ?
म आफ्नो बलबुताले भ्याएसम्म आगामी दिनहरु नेपाली जनता र देशप्रति दृढतापूर्वक समर्पित गर्नेछु । यही दृढताका साथ अन्तिम अवस्थासम्म पनि म अगाडि बढिरहने छु ।
तपाईको ५० वर्षभन्दा लामो राजनीतिक यात्रामा नेपाली जनताका पक्षमा निर्णय गर्ने ठाउँमा कहीं चुक्नुभयो ?
अहिलेसम्म मेरो जीवनमा चुकेको सम्झना छैन । मैले निरन्तर देश, जनता र पार्टीको निम्ति जे–जति निर्णय अधिकार पाएको थिएँ ती कुराहरु निर्णय गरेर आएको छु । देशको स्वतन्त्रता, सर्वभौम, राष्ट्रिय अखण्डताको निम्ति र देशको अग्रामी लोकतान्त्रिक व्यवस्थाको समुन्नतिका निम्ति निरन्तर लड्दै आएको छ ।
अहिलेको व्यवस्था जनताले जे–जति विकास र समृद्धिको चाहना राखेका छन् त्यसमा कति सफल हुनुभयो ?
विकास र समृद्धिका लागि नेपाली जनताले छोटो अवधिमा चाहेका छन् । त्यसअनुसार कति अभैm हाम्रो सरकारले लिन सकेको छैन । त्यो क्रियाकलापले हामी आफै सन्तुष्ट छैनौं । यद्यपि ठूला–ठूला योजनाहरु अगाडि बढाइरहेको छ । तर जनता भने योभन्दा बढी गरे हुन्थ्यो भन्ने चाहना राख्दछन् ।
सरकारले अहिले २५ जनाभन्दा बढी भेला हुन नपाउने भन्ने निर्णय गरेको छ, त्यसमा पार्टीको सहमति छ ?
यो विषयलाई अत्यन्तै गम्भीर रुपमा लिएको छ । हिजो बेलुका मात्रै सचिवालय बैठक बसेर विश्वमा फैलिरहेको कोरोना दक्षिण एशियामा पैmलिने बारेमा गम्भीर रुपले छलफल ग¥यौं । त्यसमा हामीले अहिलेसम्म नेपालमा देखा परेको छैन । तर, कुनै पनि बेला देखा पर्न सक्छ भनेर सतर्क हुनका लागि यो निर्णय गरिएको हो । यसमा आतंकित पार्ने, भ्रमहरु फैलाउने, नचाहिने हल्ला गर्ने होइन । सबैले आफ्नै समस्या हो भनेर गहन ढंगले नियमको पाना गर्नुपर्छ । यसले विश्वमा सवा लाखभन्दा बढी मानिसलाई प्रभावित पारिसकेको छ ।
कोरोना भाइरसको सन्त्रास त विश्वमै डरलाग्दो रुपले फैलियो नि ?
यो धेरै नै डरलाग्दो रुपमा फैलिएको र कतिपय विशेषज्ञहरु धेरै ठूलो संख्यामा मान्छेहरु हताहती हुने कुराको आँकलन गरिरहेका छन् । यो अहिले पनि फैलिँदो अवस्थामा छ । चीनमा यसमा यसलाई धेरै हदसम्म नियन्त्रण गरिएको छ । त्यही ढाँचाको क्षमता सबैमा हुनुपर्यो । त्यो क्षमता नहुने देशहरुको लागि धेरै ठुलो खतरा छ । हामी पनि हेल्थकेयरको रुपमा त्यस्तो रुपमा रहेको देश होइनौं । त्यसकारण आवश्यक मात्रामा विदेशी सहयोग पनि लिएर अगाडि जानुपर्ने हुन्छ । त्यसकारण हिजोबाट हामीले अत्यन्त आक्रामक नीति लिएका छौं । हिजोबाट सबै स्कुल, कलुज, फिल्म हल, सभा, सम्मेलन, भेला, बैठक सबै बन्द गर्ने नीति लिएका छौं । संसदहरु पनि बन्द गर्नुपर्ने आवश्यक देखिएको छ ।
त्यसोभए अब संसद् नै बन्द हुन्छ ?
२५ जनाभन्दा बढी भेला हुन नपाउने भने पछि संसद्मा कति जना सदस्य छन् ? चाहे त्यो संघीय संसद् होस्, चोह प्रदेश संसद् होस् । सबैलाई बन्द गरेर हामीले सतर्कता लिनुपर्ने आवश्यकता छ ।
शुक्रबारदेखि अन्तर्राष्ट्रिय उडान पनि रद्द गर्न लागेको हो ?
हो, अन्तर्राष्ट्रिय उडानहरु पनि अधिकांश रद्द गरिने छ । त्यसमाथि पनि अरु विभिन्न प्रकोप फैलिएका देशहरुबाट आउने र छिमेकी मुलुकहरुबाट आउने उडानहरु पनि बन्द गर्ने, कतिपय कुनै प्रभावित ठाउँबाट मान्छेहरु आए भने तिनलाई तरुन्त क्वारेन्टाइनमा राख्ने र केयरिङ सिस्टमलाइृ अत्यन्त व्यवस्था र मर्यादित बनाउने छ ।
भुटान, थाइल्यान्ड र भारतबाट त प्लेनहरु आउने भएन नि ?
त्यसमा पनि हामीले गम्भीर रुपमा ध्यान दिएका छौं । आवश्यक कदमहरु पनि चालिरहेकाले तिनीहरु पनि बन्द हुन सक्छन् ।
त्यसोभए भारतबाट पनि प्लेनहरु नआउन सक्छ हो ?
बोर्डरहरु त पहिलादेखि नै बन्द गर्ने निर्णय गरिएको हो । आज त्यसको बारेमा छलफल हुँदैछ । त्यसपछि यो निर्णय अनुसार बोर्डर पनि बन्द हुन सक्छ । बोर्डर बन्द गर्न सकिन्छ । त्यो गर्नलाई सम्बन्धित छिमेकी देशहरुसँग पनि सहमति हुनुपर्छ । त्यसकारण आज–भोलिबाटै बोर्डरहरु पनि बन्द हुन्छ । अन्य उडानहरु पनि बन्द गर्नुपर्छ ।
भारत र चीनका बोर्डरहरु पनि बन्द हुन्छ हो ?
सबै बन्द हुन्छन् ।
अब बोर्डरमा सुरक्षा जाँच कडा रुपले हुन्छ हो ?
सामानहरु आउन ढुवानीका साधनहरु बन्द हुँदैनन् । दैनिक उपभोग्य सामानहरुलाई कडा चेकजाँचका अनुसार आवतजावत रोक्का गरिन्छ । तर आउने अतित्यावश्यक सामान ढुवालाई भने सुचारु ग्रिन्छ ।
सीमा बन्द गर्ने हो भने त हाम्रो देशमा आउने तेल, ग्यास र खाद्यान्नहरु ऋभाव हुने भयो नि ?
सीमा बन्द गर्ने भनेको मानिसको आवाजजावतलाई बन्द गर्ने हो । सामानहरुको ढुवानी र आवतजावतलाई बन्द गर्दैनौं । विश्वव्यापी रुपमै सामान सप्लाई चेन्जलाई जारी राखिएको छ । भारत–नेपालबीचमा सप्लाई भइरहेको छ । तर, मानिसहरुबाट यो रोग सरिरहेकाले त्यसको आवतजावतलाई रोक लगाइएको छ । तेल, ग्याँसलगायत खाद्य सामाग्रीमा कालाबजारीलाई रोक्न मिसावट हुनबाट रोक्न विपत्तिको बेलामा कृतिम अभाव सिर्जना गरेर कालाबजारीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्छ । सप्लाई यथावत कायम राख्नको लागि गम्भीर रुपमा ध्यान दिन जरुरी छ ।
त्यसोभए आवतजावत चाहीं चीन–भारतबाट आवतजावत रोक्नुपर्छ ?
अत्यावश्यक सामाग्रीहरुको ढुवानीमा रोक्का गर्नुभयो । ती सामग्री रोकिनुहुँदैन । अन्य क्षेत्र भने रोक्नुपर्छ । आजबाट सबै विद्यालय, कलेजहरु बन्द गरिएका छौं । आचहरुमा र भोजभतेरमा २५ जनाभन्दा बढी भेला भइहाल्छौं । त्यसैले त्यस्ता कामहरु सबै बन्द गरिएको छ । त्यसकारण २५ जनाभन्दा बढी मान्छेहरु जम्मा हुने गरी हुने कुनै परिघटनाहरुलाई अन्त्य गर्ने गरी अहिलेको परिघटनालाई मूल्यांकन गरेर त्यो निर्णय गर्न वाध्य भएका हौं ।
अन्तर्राष्ट्रिय एयरपोर्टको कुरा गर्दा पनि अब कुनै पनि जहाजहरु त्यहाँ ल्यान्डिङ हुँदैन ?
हो, अब केही समयका लागि जहाजहरु रोकिन्छन् । सबै क्षेत्रबाट खाली सामानहरु ढुवानी गर्ने बाहेक अरु व्यक्तिका लागि आवतजावत बन्द हुने छ । सामानहरु आउँछन् त्यसको लागि चेकजाचको अलग्गै व्यवस्था हुन्छ । जहाजहरु सबै बन्द हुन्छन् । सार्वजनिक यातायातलाई के गर्ने भन्ने विषयमा अहिले छलफल चलिरहेको छ । त्यो पनि केही दिनका निम्ति बन्द गर्नुपर्ने हुन सक्छ ।
सर्वजनिक यातायातमा पनि सय जनाभन्दा बढी मान्छेहरु आवतजावत गर्छन् नि ?
धेरै मान्छे भीडभाड गरेर, सीटसंख्याभन्दा बढी राखेर चलाउने चलन त्यसलाई हामीले रोकिसकियो । अब त्यसलाई पनि सिंभावलोकन गर्दै हामी आवश्यक कदम चाल्दछौं ।
पच्चीस जना भन्दा बढी भेलाहुन नपाउने भनेपछि बिसमा त त्योभन्दा बढी हुन्छन् नि ?
हो, २५ जनाभन्दा बढी हुन्छन् । त्यसकारण त्यो कुरालाई पनि मिलान गर्नुपर्ने हुन्छ ।
त्योसोभए सार्वजनिक यातायातमा तपाईंंहरुले केही समय रोकावट गर्न सक्नुहुन्छ ?
रोक्नुपर्ने सम्भावना हुन सक्छ ।
बाहिरका विभिन्न ठाउँबाट आउने र जानेको संख्या पनि ठूलो छ, यिनीहरुलाई कस्तो कदम चाल्नुहुन्छ ?
देशव्यापी चल्ने हाम्रो आन्तरिक यातायात सामान्यतः जारी रहन्छ । तर, संख्या सानो गरेर बिनाभीडभाड सुनिश्चितता गरेर त्यसलाई जारी राख्ने हो । त्यसमा पनि अप्ठ्यारो आयो प्रतिकूलता देखियो भने त्यो पनि रोक लगाउनुपर्ने स्थिति हुन सक्छ ।
अत्यावश्यक बाहेक बाहिर ननिस्कने आह्वान गर्नुभएको छ हो ?
मान्छेहरु अनावश्यक ठाउँमा नखाने, नहिड्ने, भेटघाट नगर्ने आदि कुरामा निगरानी गरेका छौं । आफ्नै घरमा बस्ने त्यही पकाएर खाने, जथाभावी चिजहरु नखाने । रक्सी, जाँड आदि पनि खाने । मासु पनि जथाभावी नखाने । आफ्नै घरमा पकाएर खाने कामहरु गर्नुपर्छ । हात पटक–पटक धोइरहने, हेरक घरमा सेनीटाइजेसन प्रयोग गर्नेलगायतका काम गर्नुपर्छ ।
नेपालमा आधाभन्दा बढी मान्छेसँग साबुन पानीले हात धुने, सुविधा वा अभ्यास नै छैन अनि कसरी समस्या समाधान हुन्छ ?
यस्तो बानी सुधारका लागि कतिपय समयमा महामारी आउँछन् । तिनले एउटा–एउटा कुरा सिकाएर पनि जान्छन् । अहिले प्रत्येकले पटक–पटक हात धुनुपर्छ । यो संस्कृति भनेको स्थायी भएर जान्छ । जसरी यो प्रकोपलाई लक्षित गरेर हामीले हात धुने संस्कृतिको विकास गरेका छौं । यसले जीवभर फाइदा हुने कुरा हो ।
अहिले राजनीति पार्टीको कुरा गतिविधिहरु ठप्प छ हो ?
हो, अहिले राजनीति गतिविधि ठप्प जस्तै छ । अब हामीसबैले भेला, मिटिङ, बैठक सबै बन्द गर्ने भनेकै छौं । पार्टीका पनि केन्द्रीय कमिटि, स्थायी कमिटिका ठूला बैठकहरु हामीले पनि राख्दैनौ. । सानातिना सचिवालय बैठकहरु राख्न सक्छौं । त्यसैको निर्णयअनुसार देशलाई अगाडि बढाउने काम गर्नुपर्छ ।
तपाईहरुको सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नुभएन अब के हुन्छ ?
त्यो निर्णय कार्यान्वयन हुन्छ । त्यसमा कुनै चिन्ता गर्नुपदैन ।
तपाईंहरुको निर्णय प्रधानमन्त्रीले मान्नैपर्ने वाध्यता छ र ?
पार्टीले गरेका निर्णयहरु सबैले मान्नुपर्छ । उहाँले पनि मान्नुहुन्छ ।
हिजोको बैठकमा यो कुरा उठान भयो ?
हिजो त कोरोनाको विषयमा छलफल गरियो । अरु विषयमा बैठकै प्रवेश गरेन ।
अब एमसीसी पारित नहुने भयो होइन ?
एमसीसीको बारेमा नेताहरुलाई हामीले प्रतिवेदन बुझाएका छौं । उहाँहरुले के भन्छु हुन्छ । त्यसको आधारमा चाँडैनै मिटिङ, बैठक हुन्छ । त्यही निर्णय बमोजिम हुन्छ ।
अहिलेसम्म किन पारित हुन सकेन एमसीसीको बारेमा ?
अहिलेसम्म प्रधानमन्त्री बिरामी हुनुहुन्छ । पहिला उहाँले भ्याउनुभएन । भ्याएपछि त्यसको बारेमा छलफल हुन्छ ।
यो त अब संसदीय बैठकबाट त पारित नहुने भयो किन अहिले स्थगन छ नि ?
यसको बारेमा विश्वभरि यत्रो संकट छ । यो अमेरिकाले पनि सोच्छ । यसले यसै पनि एउटा समय दिने कुरा भइगयो नि ।
त्यसोभए यो प्रतिनिधिसभा एमसीसी पारित नहुने भयो ?
बन्द गर्नुपर्ने स्थिति भएकाले पास हुन गाह्रो छ ।