Logo

कोरोना भाइरसविरुद्ध रुसले अपनाएको कदमको प्रशंसा



एजेन्सी, ६ चतै । रुसमा केही मात्रामा संक्रमण देखा परेतापनि रुसी सरकाले उक्त भाइरसको संक्रमणमा रोक लगाउन राम्रो र उपयुक्त कदम चालेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । डब्लुएचओका रुसी संघका प्रतिनिधित्व गर्ने मेलिता वसजनोविकले रुसले उपयुक्त कदम चालेको बुधबार बताएका हुन् ।

डब्लुएचओले सम्पूर्ण देशहरुलाई कोरोना संक्रमणमा उपयुक्त तयारी गर्न निर्देशन दिएको थियो । बिरामी परिक्षण गर्ने, बिरामी जतिको बेड पर्याप्त मात्रामा रहेको जनाइएको छ । उच्च जोखिममा रहेका बिरामीहरुलाई उच्च प्रविधिका उपकरणले मद्दत गर्ने रुसी स्वास्थ्य अधिकारहिरुले जनाएका छन् । कोरोना जोखिममा रहेका २० प्रतिशत बिरामलिाई छातीमा समस्या देखा परेको कारण लंग भेन्टिलेटर प्रर्याप्त मात्रामा रहेको जनाइएको छ ।

बृद्व मानिस र अत्याधिक संक्रमित मानिसहरु उच्च जोखिममा रहेको जनाइएको छ । विश्व स्वाथ्य संगठनले जारी गरेको मापडण्डलाई रुसले गम्भिरता पूर्वक अपनाएको विषया डब्लूएचओले जनाएको छ । भाइरसले एक सय ३० देशमा संक्रमण फैलाइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । रुसमा एक सय ४७ मानिसमा भाइरसको संक्रमण देखा परको छ ।



प्रतिक्रिया दिनुहोस्