Logo

नेपाल प्रेस युनियनको महाधिवेशन स्थगित्



काठमाडौं, ६ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको यही चैत २१ र २२ का लागि निर्धारण गरिएको नवौं महाधिवेशन स्थगित् भएको छ ।

कोरोना भाइरसको प्रकोपले प्रेस युनियनको महाधिवेशन स्थगित गरिएको एक सदस्यले जानकारी दिए । हिजोमात्रै सरकारले २५ जनाभन्दा बढी भेला रोक लगाएको थियो । सरकारको उक्त निर्णयसँगै युनियनको महाधिवेशन रोकिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्