Logo

राजकुमार अल्बर्टलाई कोरोना भाइरसको संक्रमण



एजेन्सी, ६ चैत्र । मोनाकोका राजकुमार अल्बर्ट द्धितीयलाई कोरोना भाइरसको संक्रमण भएको छ । त्यहाँको दरबारले राजकुमार अल्बर्टलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको छ ।

सीएनएनले दरबारका प्रवक्ताको भनाई उदृत गर्दै राजकुमारलाई कोभिड १९ भएको जनाएको छ । राजकुमारलाई यसै हप्ता कोरोना भाइरसको संक्रमण भएपनि उनको अवस्था डराउनुपर्ने खालको नभएको उल्लेख गरिएको छ ।

६२ वर्षीय राजकुमार अब्लर्ट आफ्नो निजी कोठामा बसेर काम गरिरहेको भनिएका ेछ । ४० हजार जनसंख्या भएको मोनाकोका राजकुमार विश्वका धनाढ्य राजपरिवारका सदस्यमध्ये पर्दछन् । मोनाकोमा अहिलेसम्म ४० जना संक्रमित भेटिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot