नयाँदिल्ली, चैत ७ । निर्भया बलात्कारकाण्डका ४ जना दोषीलाई शुक्रबार बिहान भारतले फाँसी दिएको छ ।दिल्लीस्थित तिहाड जेलमा भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बजे उनीहरुलाई फाँसी दिइएको जनाइएको छ।
बिहीबार निर्भया मामिलाका चार दोषीका तर्फबाट फाँसीको सजायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाई कोर्टमा याचिका दायर गरे पनि दुवै अदालतले खारेज गरिदिएका थिए।
घटनाका दोषीहरु विनय शर्मा, पवन गुप्ता मुकेश सिंह र अक्षय कुमारलाई आज विहान झुण्ड्याइएको भारतीय सञ्चार माध्ययहरुले खवर लेखेका छन् ।