Logo

अज्ञात रोगबाट दुई नाबालकको मृत्यु, दर्जनौ विमारी



बाजुरा, चैत ७ । स्वामिकार्तिक खापर गाउँपालिकामा देखिएको अज्ञात रोगको संक्रमणबाट दुई जना नाबालकको ज्यान गएको छ। गाउँपालिका २ नम्बर वडा पुडेनीका चतुरे थापाका ४ महिनाको छोरा खम्वीरसिंह थापा र वडा नम्बर १ मुक्तिकोटका भर्बले विककी ५ महिनाकी छोरी डम्मकला बिकको मृत्यु भएको स्थानीय आनन्द बुढाले बताएका छन्।

बुढाका अनुसार थापाको ३ दिन अगाडि र विकको ५ दिन अगाडि मृत्यु भएको हो। गाउँमा दर्जनौ व्यक्तिहरु विरामी परेको बताइएको छ। ज्वरो आउने, खोकी लाग्ने र हात खुट्टा दुख्ने लक्षण देखिएको गाउँपालिका उपाध्यक्ष मिना बुढाका छोरा समेत रहेका आनन्द बुढाले बताएका छन्।

फयालगाउँमा मात्र २२ जना बढी विरामी थला परेको बुढाले जानकारी दिएका छन्। सानादेखि ठूलासम्म सबैलाई संक्रमण देखिएको र निश्चित उमेर समूहका नभएको बताइएको  छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot