एजेन्सी, ७ चैत्र । पवन जल्लाद अहिले चर्चामा छन् । उनले निर्भया बलात्कारका दोषी चारजनालाई आज विहान झुण्ड्याएका थिए । चारजनाको मुखमा नकाब लगाएर डोरी राखेर लिभर उनैले तानेका थिए ।
पवन दिल्ली नजिकैको मेरट जेलमा कार्यरत छन् । उनको पारिश्रमिक मासिक तीन हजार भारतीय रुपैयाँ मात्र छ । पवन जल्लाद उत्तर प्रदेशको एकमात्र प्रमाणिकृत फाँसी दिन पाउने व्यक्ति हुन् ।
बाल्यकाल देखि नै उनका बाबु र हजुबाबु फाँसी दिने जागिरे थिए । २० वर्षकै उमेरमा पवन जल्लादले फाँसी दिन सिकेका थिए । उनका हजुरबाबु लक्ष्मण र बाबु कल्लु जल्लादले सन् १९८९ मा इन्दिरा गान्धीको हत्यामा संलग्नहरुलाई फाँसी दिएका थिए । भारतका कुख्यात अपराधीलाई कल्लुले झुण्ड्याएको रेकर्ड छ । पवन पनि बाबुकै बाटो समात्न पुगे । Photo Source: Agency