Logo

भारतमा रहेका नेपालीहरु घर फर्कन थाले



नयाँदिल्ली, चैत ७ । दल्ली सरकारले ३१ मार्चसम्‍म त्यहाँका सबै रेष्टुरेन्ट बन्द गर्ने निर्णय गरेसंगै होटल तथा रेष्टुरेन्टका रहेका नेपाली कामदार घर फर्कन थालेका छनु् ।

बिहीबार दिल्लीका मुख्‍यमन्त्री अरविन्द केजरीवालले पत्रकार सम्‍मेलन गर्दै महामारी कोरोना भाइरसको प्रकोपबाट सबैलाई घरमै बस्न आग्रह गरेसगै होटल तथा रेष्टुराहरु बन्द भएका हुन् ।यस्तै उनले निजी कम्पनीका कर्मचारीहरुलाई घरमै बसेर काम गर्न निर्देशन दिएका थिए ।

रोजगारीका सिलसिलामा भारतका विभिन्न सहरमा रहेका नेपाली भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि धमाधम घर फर्कन थालेका छन् । हिजोआज सदूरपश्चिमका प्रमुख दुई नाका त्रिनगर र गड्डाचौकीबाट दैनिक सात–आठ हजार नेपाली स्वदेश फर्किरहेका सीमा नाकामा खटिएका सुरक्षा अधिकारीले बताए । फर्किने धेरैजसो कोरोनाको त्रास र कतिपय सुदूरपश्चिमको मौलिक पर्व बिसु मनाउन आएकाहरु छन ।



प्रतिक्रिया दिनुहोस्