काठमाडौं, ७ चैत्र । आज श्री शाके १९४१ बि.सं. २०७६ साल चैत्र ७ गते शुक्रबार इश्वी सन २०२० मार्च २० तारीख चैत्र कृष्णपक्ष एकादशी तिथी प्रातः ०८ः०६ बजे सम्म पश्चात द्वादशी तिथी श्रवण नक्षत्र शिव योग कौलव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा धु्रम योग परिधावीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋतु,पापमोचनी एकादशीव्रत (ज्यो.प. सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । भुमि तथा वाहन सम्बन्धी समस्याले सताउनेछ ।
बृष राशि ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)( मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आँट तथा साहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्षी सबल रहनाले तपाईलाई आफ्नो कमजोरीको महसुस हुनेछ । अपरिचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।
मिथुन राशि ( का, कि, कु, घ, ङ, छ, के, को, ह ( सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ । साझेदारीको काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ ।
कर्कट राशि ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ( ब्यापार ब्यवसायका निम्ति समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । दाजुभाई तथा मित्रजनहरुसँगको सम्बन्ध टाढिन सक्छ । परिवारका कोही सदस्यहरुको स्वास्थ्यमा खराबी आउन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरुसँगको भेटघाटपश्चात् सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुरा काट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । स्वास्थ्यको गडबढीका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) बौद्धिक ब्यत्तित्वहरुको साथ र सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेको छ । नयाँ लगानीमा उत्तम समय रहेकोछ । यात्रा फाईदामुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अध्यनअध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थसम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । भौतिक श्रोततथा साधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरिएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारिवारिक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । अधिक आत्मबिश्वास तथा घमण्डका कारण मित्र तथा दाजुभाईसगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) नयाँ लगानीका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरिरहेको कामको क्षेत्रमा अपजस सहनुपर्ला । खानपानमा बिशेष ध्यान दिनुपर्ने समय रहेको छ । खानपानको गडबढीका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) परिवारका सदस्यहरुमध्ये कसैको स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्नेछ । आयआर्जनको क्षेत्र मध्यम रहनेछ । जीवनसाथीको सहयोगमा गरिएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ्य क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनुहोला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला । नजिकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) वौद्धिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्धि गर्नेछ । भोजभतेर जन्य कार्यमा सहभागिताको योग बन्नेछ । पुराना मित्रजनसगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान सुख प्राप्ति हुने योग रहेको छ । आयआर्जनमा वृद्धि गर्नका लागि तपाईले बढि परिश्रम गर्नु पर्न सक्छ ।