Logo

रुसमा कोरोना भाइरसको परिक्षण सफलतातर्फ



एजेन्सी, ७ चैत । रुसले कोरोनाविरुद्वको खोप परिक्षण सुरु गरेको छ । रुसको सेनेटरी वाजडग रोस्पोट्रेबनाडजोरले कोरानाविरुद्वको खोप परिक्षणलाई तीव्रता दिएको जानकारी दिएको हो ।

कोरोनाको संक्रमणलाई न्युनीकरण र रोकथाम गर्न राज्य अनुसन्धान केन्द्र भाइरालिक्स र बायोटेक्नोलोजी भेक्टर रोस्पोट्रेबनाडजोरले छ वटा विभिन्न प्राविधिक प्लेटफार्मबाट खोप निर्माण गरी परिक्षण गर्ने घोषणा गरेको छ । विज्ञहरुले विभिन्न संक्रमित फ्लुको जाँच परिक्षण गरी कोरोना भाइरसविरुद्वको खोप निर्माण गरेको जनाइएको छ । आधुनिक जीवविज्ञानबाट निर्माण भएको नयाँ खोपलाई ल्याबमा रहेका जनावरमाथि परिक्षण गरी खोप उक्तयुक्त रहेको अथवा नरहेको विषय पत्ता लाग्ने गर्दछ । खोपको प्रभावकारी खुराक, फ्रिक्वेन्सी र अनुप्रयोगका विधिहरु परिभाषित गर्ने उद्देश्यले परिक्षण गरिन्छ । रुसले त्यसतर्फ काम अगाडि बढाइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्