काठमाडौं, ७ चैत्र । ट्राफिक प्रहरीले कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर मादक पदार्थ सेवन जाँच स्थगित् गरेको छ । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले रिपोर्टर्स नेपाल डटकमलाई दिएको जानकारीअनुसार कोरोनाकै कारण मापसे जाँच रोकिएको हो ।