चैत ७, चितवन । चितवनको भरतपुरमा ७२ घण्टामै कोरोना विशेष अस्पताल निर्माण गरि सेवा सुरु गरिएको छ । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा तयार गरिएको अस्पताल को बागमती प्रदेश सरकारका सामाजिक बिकास मन्त्री युवराज दुलालले अस्पतालको सेवा प्रारम्भ भएको घोषणा गरे ।
अस्पतालको बहिरङ्ग सेवा तथा जनरल वार्ड शुक्रबारबाटै सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका मेयर रेणु दाहालले सेवामा कती पनि कन्जुस्याइँ नगरिने भन्दै बिरामी र स्वास्थ्यकर्मीको सुरक्षामा महानगर गम्भिर रहेको बताइन् । संघिय सरकारबाट सहयोग प्राप्त नभए महानगरले बिकास बजेट कटौती गरेर भए पनि स्वास्थ्यकर्मीलाई सुविधा उपलव्ध गराउने उनले बताइन् ।
कोरोना नियन्त्रण कार्यदल चितवनका प्रबक्ता डाक्टर भोजराज अधिकारीका अनुसार अस्पतालमा परिचालन हुने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विश्व स्वास्थ्य सङ्गठनको निर्देशनअनुसार आवश्यक तालिमसमेत दिइएको छ । अस्पताल सञ्चालनका लागि जिल्लाका दुई सरकारी र दुई निजी मेडिकल कलेजबाट आवश्यक शैय्या ल्याइएको छ । प्रयोगशाला, रेडियोलोजीलगायतका सेवाका लागि निजी अस्पतालले सहयोग गरेका छन । अस्पतालमा १० शैय्याको सघन उपचारकक्ष र १० शैयाको हाइ डिपेन्डेन्ट युनिट समेत सञ्चालन गरिने डाक्टर अधिकारीले बताए ।
कोरोना विशेष अस्पताल :