Logo

लगन उद्यान शिलान्यास



काठमाडौँ, ७ चैत : काठमाडौँ महानगरपालिकाका लगन टोलमा ‘लगन—उद्यान’ शिलान्यास गरिएको छ । कँडेल-केएण्ड केजी-रमिता जेभीले निर्माणको जिम्मा पाएको उद्यान निर्माणको लागत भ्याटबाहेक रु तीन करोड ५७ लाख १९ हजार ६१८ रहने छ । आगामी २०७७ माघ मसान्तसम्ममा निर्माण सम्पन्न हुने उक्त उद्यानको अधिकांश भाग खुला क्षेत्र हुनेछ । कामपा वडा नं २१ मा बन्ने सो उद्यान ऐतिहासिक र पुरात्वात्तिक महत्व दिन पुराना दस्तावेज र पुरात्वात्विक महत्वका सामग्री राख्नका लागि सङ्ग्रहालय पनि निर्माण हुनेछ ।

कामपा प्रमुख विद्यासुन्दर शाक्यले उद्यान निर्माण, हरियाली प्रवद्र्धन र सार्वजनिक जग्गाको संरक्षण महानगरको प्राथमिक काम रहेको बताउँदै पछिल्लो समय कामपाले खाली जग्गा संरक्षण गर्दै उद्यान निर्माणको अभियानलाई तीव्रता दिएको जिकिर गरे ।

कामपा, शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले उद्यानमा आकाशेपानी सङ्कलन विधि जडान हुनेछ । उहाँका अनुसार उद्यान अपाङ्गता, बालबालिका, ज्येष्ठ नागरिकलगायत सबै पुग्नसक्ने पहुँचयुक्त अवधारणाबमोजिमको बन्नेछ । बिहीबार आयोजित कार्यक्रममा शहरी योजना आयोगका सदस्य सजीव शाक्यले खुला ठाउँको बचावट सो उद्यानको मुख्य उद्देश्य रहने बताए।रासस



प्रतिक्रिया दिनुहोस्