Logo

कानको रोग र रोकथामको उपाय



कानको केही फरक फरक प्रकारका समस्या हुन्छन् । जस्तो कान दुखाई, कानमा संक्रमणलगायत हुन् ।

कोही मानिस जन्मजात कानको रोगी हुन्छन् जब कि अन्य मानिसहरु समयसँगै विस्तारै विस्तारै लाग्ने गर्छ । संक्रमण र क्यान्सर सुन्नमा हानीको कारण बन्न सक्छ । कानको रोग विशेषरुपमा चिन्ताजनक हुन्छ दुखाई र असुविधासम्मले श्रवण शक्तिको हानीको कारण बन्न सक्छ । कानको बिरामीको लक्षण पहिचान गरी उचित तरिकाले तत्काल उपचार गरी आउने समस्याको जटिलता रोक्नु महत्वपुर्ण हो ।

सबै प्रकारको कानको रोगले श्रवण शक्तिमा हानी हुँदैन, केही प्रकारको कानको रोग र संक्रमणबाट हुनसक्छ । खासै यसको उपचार गरिदैन । श्रवण शक्तिमा हानी हुने ठुलो आवाज, चोट, बुढ्यौलीपन र कुनै संक्रमण भएमा फरक फरक कारणले हुनसक्छ । केही कानको रोगको परिणाम बहिरापन पनि हुनसक्छ ।

कानको रोगको लक्षण

कानमा दुखाई

कान बज्ने

कान पाकेर बग्नु

कान चिलाउनु

वान्ता आउनु

कान रातो हुनु

कानको लोती सुन्निनु

ज्वरो बढ्नु

चक्कर आउने

कानमा आवाज गुन्जनु

कानको छाला निक्लनु

कानको छालामा छाप बस्नु

कानमा असुविधा महसुस हुनु

कानबाट रगत निक्लनु

सुन्नमा कमी हुनु

फ्लुको जस्तै लक्षण देखिनु

आँखाको नानी अनायास घुम्नु

माथीका कुनै पनि लक्षण देखिएमा तुरुन्त डाक्टरकोमा जानुपर्छ ।

कानको रोगको कारण

असामान्य प्रतिरक्षा प्रतिक्रिया

टन्सिल

साइनसको संक्रमण

चेट लाग्नु

वंशाणुगत रोग

कानको बीचमा जीवाणु हुनु

धेरै भिडमा बस्नु

चिसो मौसम

फ्लु हुनाले

एलर्जी

भाइरल संक्रमण

सौन्दर्य प्रसाधन इयर प्लग लगाउदा

टाउकोमा चोट

माइग्रेन

जोखिम बढाउने कारण

उचाईमा परिर्वतन

जलवायु परिर्वतन

चुरोटको धँुवाबाट

बच्चालाई भुलाउन प्रयोग गरिने पैसिफायर

भर्खरै भएको बिरामी

बढ्दो उमेर

उपचार

कानको मुख्य समस्याको कुनै उपचार सजिलो हुँदैन । यसको रोकथामको उपाय हुन्छ ।

आहारमा परिर्वतन

तनाब टाढा राख्ने

एन्टीवायोटिक्स

दुखाई कम गर्ने औषधि

शल्यक्रिया

कानको प्लास्टिक सर्जरी

ध्वनी चिकित्सा

ओरल एन्टीहिस्टामाइन्स

टिनिटस रीट्रेनिंग थेरापी

श्रवण सम्बन्धि उपकरण

कानको जटिलता

सुन्ने क्षमतामा कमी आउने

स्थाई रुपमा बहिरोपना हुने

थकान

भावनात्मक तनाब

डिप्रेशन

चिन्ता

संक्रमण

बच्चा बोल्नमा ढिलाई हुने

मेनिनजाइटिस

कानको पर्दामा क्षति हुने     ऐजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्