महिलाहरुमा जति जति उमेर बढ्दै गएमा प्रजनन क्षमता पनि घट्दै गई गर्भवती हुने सम्भावना घट्ने र प्रजनन क्षमता (इनफर्टिलिटी) उत्पन्न हुने सम्भावना बढ्दै जान्छ । महिलाहरुको ३० वर्षको आसपासमा प्रजनन क्षमता कम हुन लाग्छ । ३५ वर्षको उमेरमा त झन धेरै नै घट्न सक्छ ।
अधिकांश महिलाहरुले ३५ वर्षको उमेरमा प्राकृतिक तरिकाबाट नै गर्भाधान गर्न सक्छन् र गर्भवती भएर स्वस्थ्य शिशुको जन्म दिन सक्छन् । ३५ वर्षको उमेर पछि प्रजनन अक्षमता, गर्भपात वा शिशुलाई विभिन्न समस्याको सामना गर्नुपर्ने महिलाको सख्या बढ्दै गएको छ । ४० वर्षको उमेरमा त गर्भाधारणको इच्छा राख्ने पाँच मा केवल दूईको मात्र सफल भएको पाइन्छ ।
महिलाहरुको सामान्यतया जुन उमेरमा इन विट्रो फर्टिलाइजेशन गराइन्छ उसमा नै औसत उमे पनि बढ्दै गइरहेको हुन्छ । यसबाट पत्ता लगाइएको छ प्रजनन अक्षमता उमेर अनुसार बढ्दै जान्छ ।
जैविक दृष्टिकोणबाट ३५ वर्षको उमेर भन्दा पहिले नै आमा बन्नु धेरै राम्रो हो । महिलाको तुलनामा पुरुषको लामो समससम्म उर्वर हुन सक्छन् । वर्तमान समयमा पुरुषको उर्वरता पनि समयसँगै घट्दै गईरहेको छ ।
कोही पुरुषहरु ५० बाट ६० वर्षसम्म उर्वर हुनसक्छन । तर पुरुषको शुक्राणुमा हुने विकारका अनुपात उमेरको साथ बढ्छ । वर्तमान विश्वमा महिलाको तुलनामा पुरुषको उर्वर क्षमता धेरै गिरिरहेको छ । पुरुषको प्रजनन क्षमतामा असर भएमा शिशुको स्वास्थ्यमा पर्न सक्छ ।