काठमाडौं, ७ चैत्र । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उदयपुर चौदण्डीगढी नगरपालिकामा, ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४७ वर्षीय कुल बहादुर बिष्टलाई प्रहरीले पक्राउ गरेको हो । ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर बालकुमारी बस्ने सिन्धुली घर भएका दिपक सार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।