Logo

कोरोनाविरुद्ध लड्न सार्क कोषमा नेपालले दश करोड सहयोग गर्ने प्रतिबद्धता



काठमाडौं, ७ चैत्र । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न नेपाल सरकराले दश करोड रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । आज (शुक्रबार) साँझ देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

गत आइतबार साँझ राष्ट्र सार्कका प्रमुखहरुबीच भएको भिडियो कन्फरेन्समार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरद्ध लड्नका लागि कोष स्थापनाका लागि १ अर्ब रुपैयाँ सहयोग गर्ने बताएका थिए । सोहीअनुसार नेपालले पनि दश करोड सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot