Logo

सरकारले आपूर्ति तथा ढुवानी सेवा बन्द नगर्ने, समितिको बैठक भोलि पनि बस्ने



काठमाडौं, ७ चैत । कोरोना भाइरस रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सरकारले आपूर्ति तथा ढुवानी सेवा बन्द नगर्ने निर्णय गरेको छ । आज (शुक्रबार) साँझ साढे ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको सरकार प्रवक्ता डा. युवराज खतिवडाले स्पष्ट पारेका छन् ।

मन्त्री खतिवडाले यस्तो जानकारी दिएका हुन् । बैठकमा प्रधानमन्त्रीको सम्बोधनअनुसार कसरी व्यवस्था मिलाउने भन्ने विषयमा पनि छलफल भएको जनाइएको छ । समितिको बैठक शनिबार पनि बस्ने छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot