काठमाडौं, चैत ८ । संघीय सांसदका गतिविधिमा अघोषित ‘लक डाउन’ गरिएको छ। कोभिड–१९ को जोखिमका कारण शुक्रबारदेखि राष्ट्रिय सभा र संसदीय समितिले आफ्ना सबै गतिविधि स्थगित गरेका छन्।
विश्वभर फैलिरहेको कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि परेपछि राष्ट्रियसभाले बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबार बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरे।
संसदीय समितिहरूले पनि शुक्रबारदेखि आफ्ना सबै गतिविधि अघोषित रूपमा बन्द गरेका छन्। एक समितिका सभापतिले पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै आफूले समितिका सबै क्रियाकलाप बन्द गरेको जानकारी दिए।अन्नपूर्ण पोस्ट्बाट