काठमाडौं, चैत ८ । झण्डै १० हजार वर्ष पहिलेदेखि सरुवा रोगसँग मानिसको बेलाबेला जम्काभेट भइरहेको छ । कृषियुगमा प्रवेश अनि अर्धस्थायी बसोवासको सुरुवातसँगै आएको प्लेगको महामारीले मानव समाजमा डरलाग्दो छाप छोड्यो । इतिहासका कैयौँ कालखण्डमा घातक सरुवा रोग आए । औषधिमुलोको खासै जानकारी नभएका बेला पनि यस्ता सङ्कटसँग मानवले जुध्यो । तर, मानव सभ्यता समूल नाश भएन । किन ?
कतिपय सरुवा रोगले मानिसको शरीर चिनेका छन् । मौका मिल्यो कि आक्रमण गरिहाल्छन्, इतिहासले यही दर्शाउँछ । हाम्रो कमजोरी जानेका सरुवा रोगले हाम्रो शक्ति, सामाजिक मिलनसारिता र प्रेम भावनाको बेलाबेला परीक्षा लिने गर्छन् । हाम्रा कमजोरी खोज्छन् ।
हामीले जति प्रयास गरे पनि रोगले नयाँ ढङ्गले हाम्रो ढोका ढकढक्याइहाल्छ । एकपटक घरको दैलोमा रोग आइपुग्यो भने हामी त्यत्तिकै भाग्न सक्दैनौँ । त्यतिबेला हामीले गर्ने काम भनेको त्यसबाट पर्ने क्षति जतिसक्दो कम गर्ने नै हो र अहिलेको समयले हामीबाट त्यही माग गरेको छ– कोरोना भाइरसको सङ्क्रमणसँग लड्न ।
दुई महिनाभित्रै कोरोना भाइरस ९विश्व स्वास्थ्य सङ्गठनले दिएको नाम कोभिड–१९० विश्वव्यापी भएको छ, यसबाट सङ्क्रमित हुने सङ्ख्या दुई लाख नजिक पुगेको छ र सङ्क्रमणको वेग सुस्त हुने कुनै सङ्केत अहिलेसम्म देखिएको छैन । महामारी डरलाग्दो हुन्छ, इतिहासले हामीलाई यही बताएको छ । सन् १९१८ मा देखापरेको ठूलो महामारी स्पेनी इन्फ्लुएन्जाले विगतमा प्लेगले मच्चाएको ताण्डवको सम्झना गरायो ।
मानव सहनशीलताको एकपटक फेरि परीक्षा भयो र पाँचदेखि दस करोड मानिसको ज्यान लिएर स्पेनी इन्फ्लुएन्जा “एच वन एन वन”ले विश्राम लियो । कुनै औषधिले स्पेनीइन्फ्लुएन्जा किनारा लागेको होइन, भाइरस कसरी पैmलिन्छ र हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले कसरी सङ्क्रमणको अवस्थामा काम गर्छ भन्ने आवश्यक ज्ञानको प्रसार र अवलम्बनले महामारीबाट मानिसले पार पाउन सकेका थिए ।सय वर्षपछि पनि कोभिड–१९ का लागि त्यस्तै प्रयास भइरहेको छ । गोराखापत्र दैनिकबाट