Logo

नआत्तिनुहोस् ! कोरोना भाइरसविरुद्धको २० खोप बन्दैछ



एजेन्सी, ८ चैत्र । अहिले विश्वभर कोरोना भाइरसका कारण मानिसहरु आतंकित पारेको छ । विश्वका थोरैमात्र देश कोरोना भाइरसको संक्रमण नदेखिएमा परेका छन् ।

चीनमा सन् २०१९ को डिसेम्बरमा देखिएको कोरोना भाइरस युरोप र अमेरिकामा महामारी बनेको छ । त्यहाँ मानिसहरु त्रसित छन् । कतिपय युरोपका देशहरु लकडाउन गरिएका छन् ।

कोरोना भाइरसबाट झण्डै १२ हजारको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या तीन लाख पुग्दैछ । तर, यसविरुद्ध खोप र औषधीको विकासले गति लिएको छ ।

विश्व स्वास्थ्य संगठनकी इमर्जेन्सी कार्यक्रमकी प्रमुख डा. मारिया भान केरकोभीले विश्वभर २० प्रकारका खोप विकास भइहेको बताएकी छिन् । उनको भनाई उदृत गर्दै रुसी समाचार संस्था तासले भनेको छ, ‘कोभिड-१९ विरुद्ध कम्तिमा २० खोप विकासको चरणमा छ ।’ खोपको क्लिनिकल परीक्षण शुरु भइसकेको उनले बताइन् ।

तर, खोप प्रयोगमा आउन भने समय लाग्नेछ । खराब भाइरस जति खतरनाक हुनसक्छ खराब खोप उत्तिकै खतरनाक हुनसक्छ । त्यसैले विश्व स्वास्थ्य संगठनले त्यसमा निकै सावधानी अपनाउने नीति लिएको उल्लेख छ ।

खोपको प्रभावकारितासँगै सबैको पहुँचको पनि विषय आउनसक्छ । यसको सुलभ र सहजताको पनि विषय उठेको छ । अहिले चीन, अमेरिका, भारतलगायतका देशका कम्पनिहरुले कोरोना भाइरसविरुद्धको खोप विकास गरिरहेका छन् । चीन र अमेरिकामा मानिसमाथि नै परीक्षण भइसकेको छ । भारतमा जनावरमा परीक्षण भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot