Logo

अमेरिकामा कोरोनाको महामारी हुनसक्ने गुप्तचरको ब्रिफिङलाई ट्रम्पले बेवास्ता गरेको खुलासा



एजेन्सी, ८ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जनवरी महिनाको शुरुमै खुफिया एजेन्सीहरुले कोरोना भाइरसको खतरा औल्याएका थिए । यो विश्वव्यापी रुपमा फैलिएर अमेरिकामा पनि समस्या पार्नसक्ने गम्भीर विषयहरुको जानकारी गराएका थिए ।

वासिङ्टन पोष्टले शुक्रबार एकजना अमेरिकी अधिकारीलाई स्रोतका रुपमा उल्लेख गर्दै ट्रम्पलाई पुर्याएको रिपोर्टबारे उल्लेख गरेको हो । जसमा चीनमा शुरु भएको कोरोना भाइरसको संक्रमणको गम्भीरता र खतराबारे उल्लेख छ । तर, ट्रम्पले त्यसलाई बेवास्ता गरेको र गम्भीरता नदेखाएको भनिएको छ ।

अमेरिकी अधिकारीलाई उदृत गर्दै वासिङ्टन पोष्टले भनेको छ, ‘ट्रम्पले सायद यस्तो होला भन्ने अनुमान गरेका थिएनन् ।’ ट्रम्पलाई कोरोना भाइरसको संक्रमण विश्वव्यापी हुने विषयमा ब्रिफ गरेपनि उनले गम्भीरता नदेखाएपछि उनका एक सहयोगीले आश्वस्त पार्न खोजेका थिए । तर, ट्रम्पले गम्भीरता नदेखाएको उल्लेख छ ।

यसअघि ट्रम्पले एकजना पत्रकारले कोरोना भाइरस भयावह हुनसक्नेबारे प्रश्न गर्दा उल्टै पत्रकारलाई कडा जवाफ फर्काएका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्