काठमाडौँ, ९ चैत । सदरमुकाम मङ्गलसेन बजारको एक छेउमा रहेको सानो घरको आँगनमा झुप्री विक बञ्चरोले मुढा चिर्दै हुनुहुन्थ्यो । खाना पकाउने दाउरा बाल्न चिर्दै गरेको मुढा पनि उहाँले आफैँ जङ्गलबाट ल्याएको हो ।
यो घरमा ३३ वर्षीया विक बूढीसासू आमाको स्याहारको समेत जिम्मेवारी लिएर बस्दै छन् । श्रीमान् रोजगारीको खोजीमा भारत गएपछि घरको सम्पूर्ण काम विकको थाप्लोमा छ । विकले दाउरा बोक्ने, चिर्ने, भारी बोक्ने, बारी खन्ने सबै काम आफैँ गर्छु । घरमा पकाउने, खुवाउने, सरसफाइ गर्ने काम आफ्नै हो आफ्नो दैनिक कामको बेलिविस्तार लगाए । भारत गएका श्रीमान कमाइले मात्र घर नधानेपछि कहिलेकाहीँ उहाँ मजदुरी पनि गर्नुहुन्छ । उनले आफ्नो बारीको खेतीले खान पुग्दैन । उताबाट पठाए खाने हो । कहिलेकाहीँ पठाउँछन् । उता कति कमाइ हुन्छ थाहा छैन भने ।
अछामकै विरालतोलीकी २५ वर्षीया देवकला नेपालीका पनि श्रीमान् घरमा छैनन् । मजदुरी गर्न उनका श्रीमान् तीन वर्षदेखि भारतमा छन् । आधा घण्टाको पैदल दूरीमा रहेको धाराबाट पानी ओसार्नेदेखि खेतीपातीको सम्पूर्ण व्यवस्थापन उहाँकै जिम्मेवारी हो । मेरा तीन सन्तान छन् । उनीहरूलाई खुवाउने पिलाउन साह्रै दुःख छ भनेर दुखेसो पोखे । उमेर पुगेका पुरुष सदस्य कमाउन भारत जाने सुदूरपश्चिमको आम चलन रहँदै आएको छ । कोही नियमित केही मौसमी रोजगारीका लागि पुरुष भारत जाँदा नेपालको घर सम्हाल्ने सम्पूर्ण जिम्मेवारी महिलाले काँधमा लिँदै आएका छन् । घरमा बूढाबूढी र केटाकेटीको हेरचाह गर्ने जिम्मेवारी महिलाको मात्र हुँदै आएको छ । मङ्गलसेन नगरपालिका–३ का वडाध्यक्ष पदमबहादुर भाटले खेतीपातीको काम र मजदुरी गर्दा बालबालिकालाई हेरचाह पुग्दैन ।
काम नगरे खुवाउन पनि धौ–धौ हुने भएकाले बालबालिकामा कुपोषण देखिन्छ । श्रम गर्न सक्ने पुरुष जति विदेश जाँदा महिलालाई थेग्नै नसक्ने भूमिकाको भार पर्दै आएको उनको भनाइ छ । गर्भवती, सुत्केरी, बिरामी अवस्थामा समेत महिलालाई सघाउने पुरुष नहुँदा महिला स्वास्थ्यमा कमजोर रहेको स्वास्थ्यकर्मी बताउँछन् । सुदूरपश्चिमका पहाडी गाउँबस्तीका घरमा महिला, केटाकेटी र ज्येष्ठ नागरिक बाहेक पुरुष कमै देख्न पाइन्छ । मजदुरीका लागि सजिलो गन्तव्य भारतका विभिन्न सहर तथा गाउँ भएका कारण कोही भारत नगएको कुनै घर नै भेटिन मुस्किल हुने जनप्रतिनिधि बताउँछन् । यसरी भारत गएका पुरुषका घर भने आमा र श्रीमतीले धान्दै आएका छन् । (गोरखापत्र दैनिकबाट)