Logo

विदेश जानेको हवाई टिकटमा करोडौं फस्यो



काठमाडौं, चैत ९ । वैदेशिक रोजगारीमा जान ठिक्क परेका युवा रोकिएपछि हवाई टिकटमा करोडौं रुपैयाँ फसेको छ ।

सरकारले हवाई कम्पनीलाई उड्न नपाएको रकम फिर्ता गर्न निर्देशन दिए पनि त्यो रकम कहिले फिर्ता पाउने भन्नेबारे यकिन नहुँदा उनीहरुको रकम फसेको हो ।

व्यवसायीहरुका अनुसार अन्तिम श्रम स्वीकृति लिएकामध्ये करिब १० हजारले हवाई टिकट खरिद गरेको अनुमान छ ।वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेका अनुसार रोजगारीमा जान ठिक्क परेका बेला सरकारले श्रमस्वीकृतिमा रोक लगाएपछि हवाई टिकट लिएका युवा उड्न नपाएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot