Logo

कोरोनाको अवस्था स्थिर भए विश्व अर्थव्यवस्थामा सुधार हुन्छ : रुसी प्रधानमन्त्री



एजेन्सी, ९ चैत । कोरोना भाइरसको अवस्था स्थिर भएपछि विश्वको अर्थव्यवस्थामा सुधार हुने रुसी प्रत्रानमन्त्रीको दाबी रहेको छ । साथै रुसी तेल उद्योग विश्व बजारमा अस्थिरता ल्याउन समेत तयार रहेको रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनले शनिबार सरकारी अर्थव्यवस्था सत्रमा जानकारी दिएका हुन् ।

आपतकालिन अवस्थामा विश्व बजारमा देखा परेको नाकारात्मक असरले तेल बजार समेतमा असर पारेको उनले बताए । विश्वभर तेलको मूल्य ६० प्रतिशत घटेको रुसी प्रधानमन्त्रीले जनाएका छन् । कोरोनाका कारण विश्व बजार लगायत तेल बजारमा समेत निकै असर परेको उनले स्पष्ट पारेका छन् ।

विपत्तिको अवस्था कोरोनाको नियन्तत्रण भएपछि मात्र विश्व बजारमा सुधार आउने विषय प्रधानमन्त्रीले जनाए । रुसी तेल कम्पनीहरु चाहेजति तेलको उत्पादन गरिरहेका छन् । तेलको मूल्य बजारको अवस्था हेरेर मूल्य तोक्ने समेत रुसी प्रधानमन्त्रीले जनाएका छन् ।

चीनबाट फैलिएको कोरोना भाइरस रुस लगायत एक सय ५० देशमा फैलिसकेको छ । उक्त भाइरसबाट मूत्यु हुनेको संख्या १० हजार भन्दा बढी रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्