एजेन्सी, ९ चैत । अमेरिकी उप राष्ट्रपति माइक पेन्स र उनकी श्रीमती कोरोनाको परिक्षण गर्ने भएको छ । पेन्सको कार्यलयका एक कर्मचारीलाई संक्रमण देखिएपछि उप राष्ट्रपति पेन्सले परिक्षण गर्ने निर्णय गरका हुन् ।
पेन्सको कार्यलयले शुक्रबार कोरोनाको संक्रमणमा एक कर्मचारी रहेको जनाएका थिए । वरिष्ट पद र ह्वाइट हाउस कोरोना टास्क फोर्सको नेताको पदाबली सम्हालेका पेन्स र उनकी श्रीमतीले कोरोना परिक्षण गर्ने विषयलाई पेन्सले ह्वाइट हाउसको पत्रकार सम्मेलनमार्फत जनाएका छन् । राष्ट्रपति ट्रम्प र उप राष्ट्रपति पेन्स संक्रमणको बेला कुनै व्यक्तिको नजिक नआएको दाबी पेन्सकी प्रेस सल्लाहकार क्याटी मिलरले जनाएकी छिन् ।
कोरोनाको परिक्षण ट्रम्पले मार्च १४ मा गरेका थिए । उनको परिक्षणमा कोरोनाकौ संक्रमण नरहेको ह्वाइट हाउसका चिकित्सकले जनाएका छन् । ब्राजिलका राष्ट्रपति बोल्सनारोसंगको भेट पछि ट्रम्पमा कोरोना संक्रमणको आशंका गरिएको थियो । ब्राजिलका राष्ट्रपति बोल्सोनारोमा कोरोना संक्रमण भेट्टीएको पुष्टि समेत भइसकेको छ ।