Logo

पोर्चुगल अवैतानिक दूतावासले अप्ठ्यारामा परेका नेपालीलाई सहयोग गर्ने



९ चैत : पोर्चुगलका लागि नेपाली अवैतानिक वाणिज्यदूत मकरबहादुर हमालले कोरोना सङ्क्रमणबाट बच्न नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । शनिबार वक्तव्य जारी गर्दै उनले पोर्चुगल सरकारले जारी गरेको आपत्कालीन घोषणाको आचारसंहिता पालना गरी सुरक्षित रहन सम्पूर्णलाई आह्वान गरेका हुन् ।

यस अवधिमा पोर्तुगलमा रहने नेपाली दिदिबहिनी तथा दाजुभाइमा आइपर्ने स्वास्थ्य समस्या तथा आपत्विपत्मा सहयोग र परामर्शका लागि नेपाली अवैतानिक दूतावास लिस्बन पोर्चुगलको मोबाइल नम्बर ९६९१९०९१९ मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ । एनआरएनए पोर्चुगलले पनि विक्रमजङ्ग कुँवरको नेतृत्वमा सहायता कक्ष सञ्चालन गरेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्