Logo

बहराइनमा तीन जना नेपालीमा कोरोनाको सङ्क्रमण देखियो



काठमाडौं, ९ चैत्र । रोजगारीको सिलसिलामा बहराइनमा रहेका तीन जना नेपालीमा कोरोनाको सङ्क्रमण देखिएको छ । बहराईनस्थित् नेपाली दूतावासले दिएको जानकारीअनुसार तीन जना नेपालमा कोरोनाको संक्रमण देखिएको हो ।

ती नेपालीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको छ । बहराईनमा अहिलेसम्म ३१० जनामा कोरोनाको सङक्रमण भएको छ । त्यसमध्ये १२५ जना सफल उपचारपछि घर फर्किएका छन् भने १८४ जनाको उपचार भइरहेको छ । बहराईनमा कोरोनाको कारण अहिलेसम्म एक जनाको निधन भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्