शरीरले उचित कार्यको गर्नको लागि बोसो आवश्यक हुन्छ । बोसोले आवश्यक फैटी एसिड दिन्छ, जुन शरीरद्वारा बन्दैन ।
सन्तृप्त बोसोः सन्तृप्त बोसो वा सेचुरेटेड फैट उच्च एलडीएल स्तर (खराब कोलस्ट्रोल) को सबैभन्दा ठुलो कारण हो । कुनै खाद्य पद्वार्थमा हुने सन्तृप्त बोसोबा्ट बच्नुपर्छ । हामीलाई जति क्यालोरी एक दिनमा लिनुपर्छ, सन्तृप्त बोसोले उसको १० प्रतिशत सिमित गराईदिन्छ । मक्खन, पनीर, दुध, आइसक्रिम,क्रिम र बोसो युक्त मासु जस्ता खाद्य पद्वार्थमा र नरिवल तेलमा पाइन्छ ।
असन्तृप्त बोसोः असन्तृप्त वा अनसेचुरेटेड फैटले हाम्रो शरीरमा रगत कोलस्ट्रोल कम गर्न मद्दत गर्छ । तर असन्तृप्त बोसोमा धेरै क्यालोरी हुन्छ, यसैले यस्को सेवन सिमित मात्रामा गर्नुपर्छ । अधिकाशं तरल वनस्पति तेलमा पनि पाइन्छ ।
असन्तृप्त बोसो दुई प्रकारका छन् ।
मोनोअनसेचुरेटेड बोसोः नट्स, जैतुन र कैनौला तेलबाट उत्पादीत चीजमा पाइन्छ ।
पाँलीअनसेचुरेटेड बोसोः माछा, कुसुम, अखरबोट, बदाम, सुर्यमुखी, मक्का र सोयाबिन तेल जस्ता पद्वार्थमा पाइन्छ ।
जैतुनको तेलमा स्वस्थ बोसो पाइन्छ । शुद्ध जैतुनको तेलले कोलस्ट्रोल क गर्नमा मद्दत गर्दछ । जैतुनका तेलले शरीरमा उच्च घनत्व लाई बढाउन सक्छ । जसले अवांछित रगत जम्न बाट जोगाई एक सुरक्षात्मक भुमिका निर्भाह गरी स्ट्रोक हुने प्रमुख कारणलाई रोकीदिन्छ ।
माछामा पाइने ओमेगा–३ फैटी एसिड हाम्रो मस्तिष्क बढ्नको लागि धेरै आवश्यक हुन्छ । यसको सेवनबात छाला र कपाललाई सुन्दर बनाउछ । माछामा सन्तुलित बोसो हुन्छ । यसको सेवनले कोलस्ट्रोल बढ्न नदिई माशंपेशीलाई बलियो बनाउछ ।
नट्स प्रकतिको सबैभन्दा उत्तम नास्ता हो । यसको प्रत्येकमा अमिनो एसिड,भिटामिन ई र सन्तृप्त फैटी एसिड सहित पोषक तत्व हुन्छ । नट्सको सेवनबाट मधुमेह, हृदय रोग, स्ट्रोक जस्ता समस्याबाट बचाउछ ।
नरिवल तेलमा लोरिक एसिड हुन्छ जसले प्रतिरक्षा क्षमता बढाउने काम गर्छ । नारिवल तेलमा राम्रो बोसो पाइन्छ । यसले मेटाबोलिज्म प्रक्रिया बुस्ट गरी पाचन क्रियालाई सुधा गर्छ । यसको सेवनले शरीरमा बोसो जम्न कम हुन्छ । यसमा पाइने फैटी एसिडले तौल पनि घटाउन मद्दत गर्दछ ।