Logo

मन्त्रिपरिषद बैठक सम्पन्न : भारत र चीनसँगको नाका एक साता बन्द गर्ने निर्णय



काठमाडौं, ९ चैत्र । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारीअनुसार सरकारले भारत र चीनसँगको सीमा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।यो निर्णसँगै अब दुवै देशसँगको नाकाबाट आवातजावत बन्द हुनेछ ।

कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमलाई ख्याल गर्दै आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको हो । यस्तै कोभिड १९ को महामारीका रोकथामका लागिचिकित्साकर्मीले उपयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, मास्क, थर्मो्मिटर, भेन्टिलेटर, मनिटरलगायत सामग्री किन्‍न५० करोडको कोष खडा गर्ने निर्णय पनि भएको छ । उक्त कोषका लागिसबै मन्त्री १–१ महिनाको पारिश्रमिक दिने निर्णय पनि गरिएको छ ।

आजको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीपनि सहभागी थिए । उनकै अध्यक्षतामा बैठक बसेको थियो । मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकमा सहभागी भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्