Logo

काठमाडौं १६ नम्बर वडाको प्रशंसनिय काम अरुले पनि सिक्ने कि !



चैत ९, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ र महानगरीय प्रहरी वृत्त लैनचौर तथा बालाजु र महानगरीय ट्राफिक प्रहरी बृत्त सोह्रखुट्टे र महानगरीय ट्राफिक प्रहरी प्रभाग बालाजु को सयुक्त प्रयासमा वडाभर नै साबुनपानीले हात धुने तथा सरसफाईबारे सर्वसाधारणलाई जानकारी दिने प्रयास सुरु गरिएको छ ।

कोरोनाको डरले त्रसित जनतालाई साबुन पानीले हात धुने तरीका सिकाउँदै कोरोनाबारे नआत्तिन तर सचेत बन्न जानकारी गराइएको वडाअध्यक्ष मुकुन्द रिजालले बताए । कोरोनाभाइरसको सङ्क्रमण धेरै भएका स्थानमा शरीर छोप्ने कपडा लगाएका मानिसले खेलस्थल, सडक र सार्वजनिक स्थलहरूमा भाइरस मार्ने औषधि छर्किरहेको देख्न सकिन्छ ।

कार्यालय, अस्पताल, पसल र भोजनालयहरूमा सफा गर्ने क्रम बढेको छ । त्यसैले सावधानी अपनाउन समुदाय प्रहरी साझेदारी अन्र्तगत नागरिकलाई सेवा दिन हातेमालो गरेका हौँ । महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख सन्तोष सिंह राठोरले बताए । वडाको १७ स्थानमाट्याङ्की र साबुनपानीको व्यवस्थापन गरिएको छ ।

वडाका बालाजु चोक, माछापोखरी चोक , बाइसधारा प्रवेशद्वारा, वनस्थली चोक , एराहीटी, खरीको बोट, बोहराटार, माइक्रो स्टेसन , मैह्पी, कुमारीक्लब, ठमेल काठमाडौं गेस्ट हाउस सँगै, क्षेत्रपाटी चोक , बालाजु नानक मोठ प्रवेशद्वारा लगायतका स्थानमा भोलि सम्ममा सरसफाईका लागि ट्यांकी र साबुन पानी राखिने वडा अध्यक्ष रिजालले बताए । उनले अभियानमा सहयोग पुर्याउनुहुने सम्पुर्णलाई धन्यवाद दिँदै वडा भित्र अन्य स्थानमा पनि हातधुने ब्यवस्थापन गर्न आवश्यक परे वडा कार्यलयमा सम्पर्क गर्न अनुरोध गरे।



प्रतिक्रिया दिनुहोस्