कञ्चनपुर, चैत १० । कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि अनिश्चितकालका लागि कञ्चनपुर जिल्लाभर घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ ।
आइतबार रातिदेखि लागू हुने गरेर कञ्चनपुरलाई ‘लक डाउन’ गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिएका छन् ।
आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जनप्रतिनिधि, सुरक्षा अधिकारीसहितका सरोकारवालाहरुको बैठकले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको हो ।प्रशासनको सूचनाको उल्लङ्घन गरेर घरबाहिर कोही आयो भने सुरक्षाकर्मीले कानुनबमोजिम कारबाही गर्नसक्ने समेत समितीले निर्णय गरेको छ।
जिल्लामा रहेका खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको काममा संलग्न यातायातबाहेक सबै प्रकारका पसल, व्यवसाय, उद्योग, कलकारखाना बन्द गर्न आग्रह गर्दे विज्ञप्ती सार्वजनिक गरिएको छ ।भारतबाट घर फर्किनेहरुलाई फर्कन दिनका लागि दुई दिनको समय सीमा दिदै
मङ्गलबारदेखि अनिश्चितकालका लागि गड्डाचौकि नाका समेत बन्द गरिने छ ।