काठमाडौं, चैत १० । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले आजदेखि लामो रुटमा चल्ने सवारी साधनमा रोक लगाएको छ । सोमबारदेखि लागूहुनेगरि दुई सय ५० किलोमिरट भन्दा बढीको यात्रामा सरकारले रोक लगाएको हो ।
एक जिल्लाबाट अर्काेजिल्ला नजान आग्रह गर्दे सरकारले देशभर नै लामो दुरीका सवारी नचाउन समेत आग्रह गरेको छ ।कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै केहि दिनलाई उक्त नियम जारी रहने जनाइएको छ ।