Logo

यसकारण खानुहोस् करेला



काठमाडौं चैत १० । खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अति लाभदायक हुन्छ । तीतो कतिपयलाई मन नपर्न पनि सक्छ तर करेला तीतो भए पनि महत्त्वपूर्ण औषधि सरह नै भूमिका निर्बाह गर्छ । तीते करेला स्वास्थ्यका लागि निक्कै फाइदाजनक हुन्छ। नियमित करेला सेवन गर्नाले हाम्रो शरीरमा देखिने विभिन्न खालका समस्याबाट हामी बच्न सक्छौ।

करेलामा भिटामिन बी १, बी २, बी ३, भिटामिन सी, म्याग्नेसियम, फोलेट, जिंक, फस्फोरस, आइरन, फाइबर, क्यालोरी, क्यारोटिन, क्याल्सियम र पोटासिम पाइन्छन्, जुन स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

करेलामा इन्सुलन पाइन्छ ।करेलाबाट डायबेटिजका रोगीलाई लाभ मिल्छ ।आन्द्रामा ग्यास उत्पन्न हुने समस्या भएकाहरूका लागि पनि करेला गुणकारी छ ।शरीरभित्र हुर्किने विभिन्न कीटाणुलाई करेला खाएर सफाया गर्न सकिन्छ ।करेला खानाले शरीरमा रहेको अनावश्यक बोसो कम हुन्छ । जसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । साथै, रक्तसंचार पनि राम्ररी हुन्छ ।

करेला खाने गर्नाले क्यान्सर लाग्ने जोखिम कम हुन्छ । साथै, ल्युकेमिया र रगतसम्बन्धी रक्तअल्पताजस्ता समस्या लाग्ने जोखिम पनि कम हुन्छ ।

कसले खानु हुँदैन?
रक्तचाप कम हुनेले नियमित खानु हुँदैन ।डायबेटिजको औषधि खानेले पनि नियमित खानु हुँदैन । गर्भवती महिलाले बढी मात्रामा करेला अथवा यसको जुस खानु हुँदैन ।



प्रतिक्रिया दिनुहोस्