Logo

इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ५१ जनाको मृत्यु



काठमाडौं, चैत १० । कोरोनाभाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ सय ५१ जनाको मृत्यु भएको छ । नयाँ तथ्याङक अनुसार इटालीमा ज्यान गुमाउनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ ।

५९ हजार १३८ जना सङ्क्रमित छन् । संक्रमितमध्य ७ हजार २४ जना उपचारपछि निको भएका छन् भने ४६ हजार ६ सय ३८ जना उपचाररत छन् ।

जसमध्ये पनि ३ हजार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रभाव हालसम्म विश्वका १ सय ९२ मुलुकमा फैलिएको छ भने विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्