Logo

आज २०७६ चैत्र १० गते सोमबारको राशिफल



काठमाडौं, १० चैत्र । अज श्री शाके १९४१ बि।स।२०७६ साल चैत्र १० गते सोमबार इश्वी सन २०२० मार्च २३ तारीख चैत्र कृष्णपक्ष चतुर्दशी तिथी पूर्वभाद्रपदा नक्षत्र शुक्ल योग चतुष्पद करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा मुसल योग परिधावीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋतु,दर्शश्राद्ध ,भद्रकालीपिठमा लिङ्गो उठाउने निशी बार्ने (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ कार्यको थालनी गर्न राम्रो समय रहेको छ । साझेदारी कार्यमा बवशेष सजग रहनुहोला । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ । बोलीको प्रभाव बढ्नाले ईष्टमित्रको साथ मिल्नेछ । अध्यनअध्यापनमा समय उत्तम रहेकोछ । कलाकौशलका क्षेत्रमा समय ब्यतित रहने छ । आम्दानी उत्तम रहला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सम्पादित कार्यहरुका क्षेत्रमा सामान्य झन्झट आईपर्नेछ । मान्यजन तथा पारिवारिक साथ र सहयोगमा केही दुरताको सामना गर्नुपर्ला । भौतिक साधनको प्रयोगमा बिशेष ध्यान दिनु राम्रो रहनेछ । बिद्या तथा बौद्धिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सबारी साधनको प्रयोगमा बिशेष साबधानी अपनाउनु पर्नेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह) कामकाजको क्षेत्रमा भने बिशेष सजग रहनु होला अपजस आईपर्ने योग रहेको छ । नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । आँट र साहसमा बृद्धि भएतापनि साथीभाहरु टाढिएको अनुभव हुनसक्ला । मान्यजनहरुको साथ र सहयोगमा गरिएका कार्यहरु उत्तम रहनेछन । यात्रामा साबधानी अपनाउनु होला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बोलिको गलत अर्थ लाग्न सक्ला तसर्थ वाणीमा ध्यान दिनुहोला । संचित रकम खर्च हुन सक्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । सामान्य चोटपटक वा स्वास्थ्यसम्बन्धी समस्याको सामना गनुपर्नछ । नजिकका मित्रजनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुको बिश्वासमा नपर्नु नै उत्तम रहनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) ब्यापार ब्यवसायमा सामान्य समस्या देखा पर्न सक्नेछ । खुट्टा तान्ने ब्यक्तिहरुको बृद्धि हुनाले कार्यसम्पादनमा बिशेष होशियार हुनुपर्ने छ । निर्णय गर्ने क्षमतामा कमी आउने छ । खानपानमा रुचि जाग्नेछ । अधुरा कार्य सम्पादनका निम्ति समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो) खुट्टा तान्ने ब्यक्तिहरुबाट बच्नुपर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पर्नेछ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । परिवारका सदस्यहरुबाट टाढा भएको महसुस हुनेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नुपर्नेछ । नजिकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते) तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानीका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्य हरु सम्पादित रहनेछन । कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु) सवारीसाधनको प्रयोगमा बिशेष ध्यान दिनुहोला । सभा तथा सम्मेलनमा सहभागी हुनसक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार तथा ब्यवसायमा समय राम्रो रहेको छ । आम्दानी मध्यम रहला । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । मानसम्मान प्राप्तीको योग रहेकोछ । सवारीसाधनको प्रयोगमा ध्यान पुर्याउनु होला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) आँट तथा साहसमा वृद्धि हुनाले तपाईका विरोधीहरु कमजोर रहनेछन । सामान्य यात्रा हुनसक्ला । मित्र तथा दाजुभाईवीचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । मनोरञ्जनमुलक यात्राको सम्भाबना रहेको छ । माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरिचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) खानपानको क्षेत्रमा बिशेष ध्यान दिनुहोला । आजको लगानी भोलिका निम्ति फाईदाजनक हुनेछ । स्वास्थ्यसम्बन्धी समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अपजस आउनसक्छ । मान्यजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द) मानसिक चञ्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारिवारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले मित्रजनहरु आकर्षित हुने योग रहेको छ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ति उत्तम समय रहेकोछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरुबाट बच्नुपर्ने समय रहेको छ । सामान्य आर्थिक अभाब झेल्नुपर्ला । पारिवारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । खानपानको गडबढीका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ ।



प्रतिक्रिया दिनुहोस्